खेलकुद संगै अध्ययन पनि आवश्यक एन्फा प्रवक्ता राई

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
खेलकुद संगै अध्ययन पनि आवश्यक एन्फा प्रवक्ता राई

सारांश

  • उदयपुर १३,माघ।
  • अखिल नेपाल फुटवल संघ एन्फाका प्रवक्ता किरण राईले खेलकुद क्षेत्रमा लाग्ने सम्पुर्ण खेलाडिहरूलाई खेलकुद संगै अध्ययन क्षेत्रलाई समेत निरन्तरा दिन आग्रह गरेका छन्।
  • खेलकुदमा लाग्ने खेलाडिहरूले पढाई क्षेत्रमा कम रूचि देखाउने गरेकाे भन्दै खेल क्षेत्रमा लाग्ने सम्पुर्ण खेलाडिहरू लाई पठनपाठनमा समेत अव्वल हुन आवश्यक रहेकाे भन्दै पढाई अनि अति आवश्यक भएकाे कुरा बताए।

उदयपुर १३,माघ।अखिल नेपाल फुटवल संघ एन्फाका प्रवक्ता किरण राईले खेलकुद क्षेत्रमा लाग्ने सम्पुर्ण खेलाडिहरूलाई खेलकुद संगै अध्ययन क्षेत्रलाई समेत निरन्तरा दिन आग्रह गरेका छन्।

खेलकुदमा लाग्ने खेलाडिहरूले पढाई क्षेत्रमा कम रूचि देखाउने गरेकाे भन्दै खेल क्षेत्रमा लाग्ने सम्पुर्ण खेलाडिहरू लाई पठनपाठनमा समेत अव्वल हुन आवश्यक रहेकाे भन्दै पढाई अनि अति आवश्यक भएकाे कुरा बताए।शनिवार उदयपुरकाे त्रियुगा नगरपालिका वडा १६ मा जाल्पा स्पाेट क्लवले आयोजना  गरेकाे अनुशिक्षण कार्यक्रममा प्रवक्ता राईले साे कुरा बताए। प्रवक्ता राईले बालबालिकाहरूलाइ खेलकुद क्षेत्रमा लगाउन समेत अभिभावक हरूलाई अाग्रह समेत गरेका छन। पढाई पढाईमा मात्र भनेर नहुने भन्दै खेलकुद क्षेत्रमा लागे बालबालिकाे बृद्दि बिकास समेत हुने भएकाले खेलकुद क्षेत्र निकै राम्राे भएकाे कुरा बताए  ।

यसै बिच प्रवक्ता राईले खेलकुद क्षेत्रमा युवापुस्ताहरूलाइ आकर्षण गर्न जाल्पा स्पाेट क्ललव लाई खेलकुद सामाग्रि बितरणरगरेका छन् । प्रवक्ता राईले पहिलाे चरण अन्तरगत जाल्पा स्पाेट क्लवलाई फुटवल ३ थान, एक सेट फुटवल जालि लगायतका समाग्रि क्लवका अध्यक्ष भुवन दाहाल लाई हस्तातरण गरेका थिए। राईले  अागामि दिनमा क्लवलाई सके सम्मकाे सहयाेग गर्ने प्रतिबद्दता समेत जनाएका छन् ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा १६ का वडा अध्यक्ष मान बाहादुर राई ले वडामा हुने खेलकुलका कार्यक्रमहरू लाई ब्यस्थित बनाउनका लागि अाफ्नै पहलमा क्लव गठन गरिएकाे जानकारि दिए ।यस्तै राष्टिय युवा परिसद उदयपुरका अध्यक्ष खगेन्द्र प्रसाद पाेखरेल ले युवाहरूलाई उमशिल क्षेत्रमा आक्रशीत गराउन याे क्लवले महत्पुर्ण भुमिका खेल्न सक्नेकुरा बताए।त्रियुगा युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले राष्टका लागि खेलकुद र स्वास्थका लागि खेलकुद अपरिहार्य भएकाले सबै उमेरका मानिसहरूले खेलकुद मा लाग्नु पर्ने भन्दै खेलकुदकाे क्षेत्रबाट मात्र देश बिकास हुने भएकाले त्रियुगा युवा तथा खेलकुद बिकास समितिले पनि त्रियुगा नगरपालिका का सबै वडाहरूमा खेलकुद गतिबिधि बढाउन अाफुले काम समेत थालेकाे समेत बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?