नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०८०
|
|
४९ पटक हेरिएको
Shares
नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय

सारांश

  • त्रिवेणी (रुकुम पश्चिम) ।
  • विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ ।
  •  जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो ।

त्रिवेणी (रुकुम पश्चिम) । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको अन्तिम फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

विसं २०७७ जेठ १० गते जाजरकोटका नवराजसहित उनका पाँच जना साथी जाजरकोटका गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेव गौतमको सांसद बन्न किन यतिधेरै मरिहत्ते !
‘वाईडबडी प्रकरण प्रचण्ड, देउवा र ओलीको सहमतिमा भएको देखा परेको छ-डा.प्रकाशचन्द्र लोहनी
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
सत्तरी वर्षपछि पाँच वर्ष टिक्ने सरकार बन्दैछ – प्रचण्ड
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
पशुपति आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय
निजी भन्दा कम छैनन् सामुदायिक विद्यालय
मतदातालाई   स्वतन्त्ररुपमा छोडिदिनुस –  प्रमुख निर्वाचन आयुक्त
मतदातालाई स्वतन्त्ररुपमा छोडिदिनुस – प्रमुख निर्वाचन आयुक्त
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
हुलाकी राजमार्ग सडकको कालोपत्र गर्न शुरु
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !
पूर्व राष्ट्रपति लुलालाई प्रतिवादको लागि सात दिनको समय !