दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड सम्पन्न, ७४ वटा विधामा अवार्ड वितरण
सारांश
- काठमाडौं, २५ असार ।
- दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड काठमाडाैमा सम्पन्न भएकाे छ ।
- अाइतबार राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमका बिच अवार्ड सम्पन्न भएकाे हाे ।
काठमाडौं, २५ असार । दाेस्राे अाेएसनेपाल म्युजिक अवार्ड काठमाडाैमा सम्पन्न भएकाे छ ।
अाइतबार राष्ट्रिय नाचघरमा विशेष कार्यक्रमका बिच अवार्ड सम्पन्न भएकाे हाे ।
गित संगीत तथा कलाकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको बाक्लो उपस्थितिमा नेपाल गीत, संगीत तथा कला क्षेत्रका विभिन्न ७४ वटा विधामा अवार्ड वितरण गरिएको थियाे । 
कार्यक्रममा प्रमुख अथिति राष्टिय सभा सदस्य काेमल अाेलीले सरककारले कलाकारहरूलाइ सम्मान गर्ने हुँदा अवार्ड कार्यक्रम गर्दा केहि समस्या भए सस्कृति मन्त्रालय संग समन्वय गर्न अाग्रह गरिन । अाेलीले अाेएसनेपाल परिवारलाइ धन्यवाद दिँदै भनिन ‘ तपाइहरू निरूत्साहि हुनुपर्दैन तपाइहरूकाे पछाडि सरकार छ यहाँ केबल देशकाेलागी गर्न चाहाने युवाहरूकाे अावश्यक्ता छ ।’
अवार्डमा आठजना पत्रकारलाई सम्मान गरिएकाे थियाे । ओएसनेपाल प्रा लि का अध्यक्ष केशबहादुर कार्कीले नेपाली गीत संगीत तथा कला क्षेत्रको प्रवद्र्धन, संवद्र्धनका लागि अहोरात्र लागि परेकाहरुको अतुलनीय योगदानको कदर तथा सम्मान गर्ने उद्देश्यले अवार्ड वितरण गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिइने जानकारी दिए ।
अवार्ड फेसबुक भोटिङ, एसमसएस भोटिङ र जुरीको निर्णयका आधारमा वितरण गरिएको संयोजक विवेक कार्कीले बताए । कार्किले निकट भविष्यमा याे म्यूजिक अवार्डलाइ गिनिजबुक अफ रेकर्डमा लेखाउन प्रयत्न गर्ने बताए ।
उनले भने नेपालकाे एक मात्र धेरै विधामा वितरण गरिने अाेएसनेपाल म्यूजिक अवार्ड बिल्कुलै नयाँ सर्जक तथा श्रष्ठाहरूलाइ प्राेत्साहन तथा पुराना कलाकार सर्जक तथा श्रष्ठलाहरूलाइ सम्मान गर्ने अवार्ड हाे ।

प्रतिक्रिया