लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
लगातार दोस्रो जितपछि जर्मनी युरोकपको नकआउट चरणमा

सारांश

  • काठमाडौं।
  • जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ।
  • गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

काठमाडौं। जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो।

जर्मनीको जितमा जामल मुसियाला र इक्के गुनडोगानले एक एक गोल गरेका थिए। यो जितपछि जर्मनीको समुह ए मा २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ। यो जितपछि जर्मनी यस युरोकपको नकआउट चरणमा पुग्ने पहिलो देश बनेको छ।

त्यसैगरी हंगेरीले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ। अब जर्मनीले अर्को खेल जुन २४ मा स्वीजरल्याण्डसँग खेल्ने छ भने हंगेरीले स्कटल्याण्डसँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?