अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०८०
|
|
५४ पटक हेरिएको
Shares
अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन

सारांश

  • चितवन ।
  • नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।
  • शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।
इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।

पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो । सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के छ नरेन्द्र मोदीलाई गरिने अभिनन्दन पत्रमा ?
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री
कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड
कांग्रेसले प्रत्यक्षमा ८० सिटसहित बहुमत ल्याउँछ : बालकृष्ण खाँड
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
निर्वाचन आयोगले कारबाही गरेको व्यक्तिलाई सरकारको प्रोत्साहन
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
गायक तिलक सिंह पेलाले ल्याए‘हेर दिन ढल्यो’ (भिडियोसहित)
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
बाबुराम मौकापरस्त, काँग्रेसको उम्मेदवार पनि मै हुँ : नारायणकाजी
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल
मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता : महासचिव पोखरेल