विवाहको खर्च १० लाख गुणस्तरीय शिक्षालाई
सारांश
- काठमाडाै, ३ जेठ ।
- अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख टिच फर नेपाल शैक्षिक अभियानलाई सहयोग गरेका छन्।
- करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानमा सहयोग गरेका हुन्।
काठमाडाै, ३ जेठ । अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख टिच फर नेपाल शैक्षिक अभियानलाई सहयोग गरेका छन्।
करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानमा सहयोग गरेका हुन्।
विगत केही वर्षदेखि टिच फर नेपालको काम नियालिरहेका शाक्यले भने, “टिच फर नेपाललाई सहयोग गर्ने मेरो ठूलो सपना थियो। शिक्षामा क्षेत्रमा सहयोग गर्दा धेरै विद्यार्थीको जीवन परिवर्तन हुने महसुस गरेर यो सहयोग गरेका हौँ।”
नेपाल र अमेरिकाका उत्कृष्ट भनिएका स्कुल र विश्वविद्यालयमा अध्ययन गरेका शाक्यले गुणस्तरीय शिक्षाको महत्व व्यक्तिगत रूपमा आफूले नै अनुभूत गरेको बताए। काठमान्डौका सेन्ट जेभियर्स र रातो बंगला स्कुलमा अध्ययन गरेका शाक्यले सन् २०१३ मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट भौतिक विज्ञानमा विद्यावारिधी गरेका छन्। विद्यावारिधीपश्चात उनी अमेरिकाकै मिसिगन विश्वविद्यालयमा अनुसन्धान गर्दै छन्।
काठमान्डौँकी शङ्खमुलमा जन्मिएकी शिल्भा श्रेष्ठ अमेरिकाको मिसिगन विश्वविद्यालयमा जीव विज्ञान अन्तर्गत विद्यावारिधी गर्दै छिन्। दाइजो प्रथा हटे पनि विवाहको बेला बेहुलीको लागि अनावश्यक रूपमा गहनाको प्रयोग हुने भन्दै श्रेष्ठले त्यो चलन परिवर्तन गर्ने सुरुवात गरेको बनाइन्। उनले भनिन्, “ पढ्दापढ्दै हामीले यस्तो सहयोग गरेको देखेर अरूलाई पनि हिम्मत आउला भन्ने हामीले विश्वास लिएका छौँ।”
अमेरिकाको बसाइको क्रममा एक दिन उनीहरूले टिच फर अमेरिकाको बारेमा थाहा पाए। सिमान्तकृत र कठिन परिस्थितिमा हुर्किएका विद्यार्थीहरूसँग टिच फर अमेरिकाले काम गरेको देखेपछि उनीहरूले नेपालमा पनि त्यस्तै भए राम्रो हुने कामना गर्न थाले। टिच फर नेपालले नेपालका दुरदराजका सार्वजनिक विद्यालयहरूमा काम गरेको थाहा पाएपछि उनीहरूले अभियानको प्रयासमा एेक्यवद्धता जनाउँदै अध्ययन गर्दा गर्दै आफूले जम्मा गरेको पैसा सहयोग गरेका हुन्।
टिच फर नेपालको अभियानमा गरेको सहयोगबाट सन्तुष्टि मिलेको भन्दै शाक्यले भने, “अरूलाई सहयोग गर्दा हाम्रो आफ्नै जीवन परिवर्तन हुन्छ। मनमा शान्ति हुन्छ।”
टिच फर नेपाल अभियानबारे
शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा स्थानीय सरकारसँगको साझेदारीमा टिच फर नेपाल अभियान वि।सं। २०७० वैशाखदेखि ललितपुर, सिन्धुपाल्चोक, धनुषा, पर्सा, लमजुङ र दाङका सार्वजनिक विद्यालयहरूमा कार्यरत छ । यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेका तथा सामाजिक परिवर्तनमा सामेल हुन प्रतिबद्ध अब्बल युवालाई छनौट गरी ६ हप्ताको तयारी तालिमपश्चात स्वयंसेवी शिक्षकको रूपमा उपलब्ध गराउँदै आएको छ। यी युवाले अंग्रेजी, गणित तथा विज्ञान अध्यापन गर्दै आएका छन्।
गत ५ वर्षमा १ सय ४१ जना युवाले फेलोसिप सकेका छन् भने यस वर्ष टिच फर नेपालका १ सय ११ फेलोहरू ६ जिल्लाका ५१ सार्वजनिक विद्यालयहरूमा कार्यरत छन्। यसबाट करिब १० हजार विद्यार्थीहरू लाभान्वित भएका छन्।
टिच फर नेपाल अभियान नेपाल र नेपालबाहिर बसोबास गर्ने व्यक्ति, समुदाय, निजी क्षेत्र तथा स्थानीय सरकारको आर्थिक साझेदारीमा सन्चालित छ। सार्वजनिक शिक्षा सुधारको यस अभियानमा आर्थिक रूपले सहयोग गर्न टिच फर नेपाल सबैलाई हार्दिक आग्रह गर्दछ। यस अभियानबारे बुझ्न तथा सहयोग गर्न यस अभियानको वेवसाइट www.teachfornepal.org न मा सम्पर्क गर्न सक्नुहुनेछ।
Justin Biral
? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ єνєиιиg <3
? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 7:18 PM ?
??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???