मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २९, २०७९
|
|
५८ पटक हेरिएको
Shares
मृत भेटिइन् फेसन डिजाइनर प्रत्युषा

सारांश

  • मुम्बई।
  • भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् ।
  • उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ ।

मुम्बई। भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेकी थिइन् ।

प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका फोडेको थियो । मृत भेटिएपछि प्रहरीले तुरुन्तै प्रत्युषाका परिवार र साथीभाईलाई उनको निधनको बारेमा जानकारी दिएको थियो ।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ । उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन् । ‘म निकै एक्लो महशुस गरिरहेको छु र डिप्रेसनमा छु’, उनले लेखेकी छन् । उनको यो नोटले उनले आत्महत्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन् । त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन् । उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन् । त्यसपछि उनी निकै लोकप्रिय बनिन् ।

उनले बलिउड र टलिउडका माधुरी दिक्षित, रवीना तण्डन, काजोल, परिणतीति चोपडा, हुमा कुरैशी, श्रीया सरन, काजल अग्रवाल, जूही चावला, गौहर खान, नेहा धुपिया, भूमि पेडनेकरलगायतका सेलिब्रेटीको पहिरन डिजाइन गरिसकेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Household Discipline Conversation Area
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
ठूला दलको सिण्डिकेट तोड्नुपर्छः राजेन्द्र लिङ्देन
संसद बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री र अर्थमन्त्री
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
बजार मूल्य नपाएपछि चितवनका कृषकले फलेको तरकारीमा रुँदै डोजर लगाए
लुटेराको गोलीबाट एक घाइते
लुटेराको गोलीबाट एक घाइते
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा