केही दिन अगाडि बेलायतमा मृत्यु भएका -र्याप गायक अनिल अधिकारी ‘यमबुद्ध’को शव आज नेपाल ल्याई अन्त्येष्टि गरिएको छ ।
२९ वर्षीय अधिकारीले गत माघ १ गते आत्महत्या गरेका थिए । उनी श्रीमती सहित लण्डनमा बस्दै आएका थिए । यमबुद्धको पार्थिव शरीर बेलायतबाट आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । श्रद्धाञ्जलिका लागि उक्त स्थानमा आफन्त, इष्टमित्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा तथा कलाकारलगायतको सहभागिता थियो । उहाँको पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार आजै साँझ अन्त्येष्टि गरिएको हो ।
https://youtu.be/KPtCP7BYVW4
प्रतिक्रिया