७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
७५ वर्षे बृद्धालाई जबरजस्तीकरणी !

सारांश

  • काठमाडौं ।
  • बाराको निजगढ नगरपालिका ३ मा एकजना ७५ बर्षीया बृद्धालाई जबरजस्तीकरणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
  • स्थानीय ५० वर्षीय धनबहादुर बल तामाङले बृद्धालाई जर्बजस्तीकरणी गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । बाराको निजगढ नगरपालिका ३ मा एकजना ७५ बर्षीया बृद्धालाई जबरजस्तीकरणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । स्थानीय ५० वर्षीय धनबहादुर बल तामाङले बृद्धालाई जर्बजस्तीकरणी गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको बेला ती बृद्ध महिलालाई जबरजस्तीकरणी गरेको भन्ने जानकारी आएको थियो । त्यसपछि ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले तामाङलाई पक्रेको हो ।

त्यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?