बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
बङ्गलादेशमा छ महिनामा ११ अर्ब डलर विप्रेषण भित्रियो

सारांश

  • ढाका ।
  • विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण पठाएका छन् ।
  • चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.

ढाका । विदेशमा बसेर काम गर्ने बङ्गलादेशी नागरिकहरूले चालु आर्थिक बर्षको पहिलो छ महिनामै करिव ११ अर्ब अमेरिकी डलर बिप्रेषण पठाएका छन् ।

चालु बर्षमा गैर आवासीय बङ्गलादेशी नागरिकबाट आउने बिप्रेषणको प्रवाह २.९ प्रतिशतले बढेर १०.७९ अर्ब पुगेको मङ्गलबार बताएका छन् । उनका अनुसार डिसेम्बरमा मात्र एक अर्ब ९९ करोड डलर बिप्रेषण रेकर्ड भएको छ । जुन अघिल्लो बर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

गत आर्थिक बर्षमा एक सयभन्दा बढी देशहरूबाट करिव एक करोड बङ्गलादेशी नागरिकहरूले २१ अर्ब ६१ करोड डलर बिप्रेषण पठाएका थिए । बङ्गलादेशका लागी विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स हो जहाँ अधिकांश विपे्रषण खाडी देशबाट आउने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?