केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ४, २०७६
|
|
३२ पटक हेरिएको
Shares
केपी ओली ५ वर्ष प्रधानमन्त्री हुने भन्दै माधव नेपालले गरे बालुवाटार जग्गा प्रकरणको डरलाग्दो घोषणा

सारांश

  • नेता नेपालले ओली ५ वर्षको लागि प्रधानमन्त्री निर्वा्चित भएकोले पूरा कार्यकाल खाने खुलासा गरेका छन् ।
  • ओलीले अढाई वर्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले अढाई वर्ष सरकारको नेतृत्व गर्ने बाहिर चल्ला चलेकै बेला नेता नेपालले यसमा कुनै सत्यता नभएको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे ।
  • शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले ओली ५ वर्षको लागि प्रधानमन्त्री निर्वा्चित भएकोले पूरा कार्यकाल खाने खुलासा गरेका छन् । ओलीले अढाई वर्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले अढाई वर्ष सरकारको नेतृत्व गर्ने बाहिर चल्ला चलेकै बेला नेता नेपालले यसमा कुनै सत्यता नभएको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे ।शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता नेपालले यस्तो बताएका हुन् ।

नेता नेपालले स्वर्गीय जननेता मदन भण्डारी प्रतिभाशाली र राजनेता भएको संज्ञा दिए । उनले भने,”उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिनुभयो । विश्व कम्युनिष्ट आन्दोलन निकै ठूलो संकटमा परेको बेलामा नेपालको कम्युनिष्ट आन्दोलनलाई यो संकटबाट जोगाउनको लागि उहाँले माक्र्सवाद लेनिनवादलाई नेपाली माटोमा सिर्जनात्मक रुपमा, रचनात्मक रुपमा प्रयोग गर्नुभयो । र, विकास गर्नुभयो । र, जनताको बहुदलीय जनवादको नयाँ वैचारिक दिशा हामीलाई प्रदान गर्नुभयो ।”

स्वर्गी भण्डारी प्रखर वक्ता समेत रहेको नेपालले सुनाए । उनले भने,”उहाँ दुरदर्शी नेता पनि हुनुहुन्थ्यो । जनताको बीचमा अत्यन्तै लोकप्रिय नेतापनि हुनुहुन्थ्यो । यस्तो व्यक्तिको रुपमा मदन भण्डारीलाई हामीले सम्झिन्छौं ।”

फरक प्रसँगमा नेता नेपालले पार्टी्भित्र आफूले राम्रा कुराको लागि सबैसँग सम्झौता गर्ने गरेको तर गलत कुराको लागि कसैसँग सम्झौता नगरेको र आगामी दिनमा पनि नगर्ने घोषणा गरे । उनले भने,”यति बुझे हुन्छ, म गलत कुरा र कामको निम्ति लड्छु ।” उनले पार्टी्भित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्ने क्रममा नै आफूहरु अघि बढिरहेको पनि स्पष्ट पारे । उनले भने,”हामी आन्तरिक व्यवस्थापन गर्न सक्छौं ।”

उनले बालुवाटार जग्ग प्रकरणका दोषीलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे । आफूले यसबारेमा प्रधानमन्त्री ओलीलाई भनिसकेको पनि नेता नेपालले जनाए । उनले अघि थपे,”तर, त्यहाँ मेरो बदनियतको कुरा उठ्छ भने प्रत्येक कुरा म उठाउँछु ।” ललिता निवास आफूलै नै विस्तार गरेको उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
भूकम्पपीडितले आगामी साउनसम्म आफ्नो घर बनाइसक्नुपर्ने
एक सय छ वर्षीयको मोतियाविन्दुको शल्यक्रिया
एक सय छ वर्षीयको मोतियाविन्दुको शल्यक्रिया
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
बालेनले प्रधानमन्त्री ओलीविरुद्ध खोले फायर, आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा ल्याउन सुझाव
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
अन्तर्घात गरेको भन्दै १७ एमाले नेता कारबाहीमा, को को परे कारबाहीमा ?
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
संविधान संशोधन गर्ने सरकारको अन्तिम तयारीपछि यस्तो आयो एमालेको कडा प्रतिक्रिया
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बांग्लादेशमा शक्तिशाली समुद्री आँधी
बांग्लादेशमा शक्तिशाली समुद्री आँधी
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा:मुख्यमन्त्री शेरधन राई
सिके राउत जेल चलान
सिके राउत जेल चलान
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस
पुनरावलोकन गर्नुपर्ने सन्धि मन्त्रालयद्वारा समितिमा पेस

तपाईंले छुटाउनुभयो कि?