सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
सारांश
- शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट अटोमेटिक इटालियन पेस्तोल सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
- दिउँसो साढे तीन बजे सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट कालिकोट तिलागुफा नगरपालिका १ बस्ने २५ वर्षीय मोतिलाल शाही, कालिकोट जिल्ला तिलागुफा नगरपालिका ३ बस्ने २१ वर्षीय बलद्विप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका २ बस्ने २२ वर्षीय भिमप्रसाद दाहाल र कालिकोट मैवी गाउँपालिका २ बस्ने १८ वर्षीय जागेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।
- ब्यूरोले नियन्त्रणमा लिइएकाहरुबाट एक थान इटालियन अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र एक थान म्यागेजिन समेत बरामद गरेको छ ।
शसस्त्र प्रहरीको इन्टिलिजेन्स ब्यूरोबाट खटिएको टोलीले भक्तपुरको सल्लाघारीबाट अटोमेटिक इटालियन पेस्तोल सहित चार जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो साढे तीन बजे सल्लाघारीस्थित चंगागणेश रेष्टुरेन्ट एण्ड बारबाट कालिकोट तिलागुफा नगरपालिका १ बस्ने २५ वर्षीय मोतिलाल शाही, कालिकोट जिल्ला तिलागुफा नगरपालिका ३ बस्ने २१ वर्षीय बलद्विप शाही, मुगु जिल्ला खत्ने गाउँपालिका २ बस्ने २२ वर्षीय भिमप्रसाद दाहाल र कालिकोट मैवी गाउँपालिका २ बस्ने १८ वर्षीय जागेश शाहीलाई नियन्त्रणमा लिइएको हो ।
ब्यूरोले नियन्त्रणमा लिइएकाहरुबाट एक थान इटालियन अटोमेटिक पेस्तोल, ५ राउण्ड गोली र एक थान म्यागेजिन समेत बरामद गरेको छ । नियन्त्रणा लिइएका चारै जनालाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म औद्योगिक सुरक्षा भक्तपुर नंवर २८ गुल्ममा बुझाइएको छ ।
प्रतिक्रिया