दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ११, २०८१
|
|
३६ पटक हेरिएको
Shares
दुई करोड रकम लुटपाटमा संलग्न चारजना पक्राउ

सारांश

  • काठमाडाैं।
  • भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन्।

काठमाडाैं। भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यही असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो।

घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ। उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ। पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको खुलेको छ।

लुटपाटमा संलग्न एक जना फरार छन्। लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । घरका सदस्यहरुलाई डरत्रास देखाउँदै दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए। आज प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?