फाइनलमा त्रिभुवन आर्मी क्लब

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २६, २०७९
|
|
२५ पटक हेरिएको
Shares
फाइनलमा त्रिभुवन आर्मी क्लब

सारांश

  • मोरङ ।
  • गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ ।
  • विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ ।

मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त्रिभुवन क्लबका रोमन रानाले चार, काशिराज राईले तीन, अमरबहादुर गुरुङ, गणेश टमाटा, नितिश न्यौपाने, प्रदीप राजवंशी र राजुबाबु थापा मगरले एक÷एक गोल गरेका थिए । खेलको ‘म्यान अफ दी म्याच’ क्लबका रञ्जित राउत भए ।

प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, नेपाल पुसिल, कोशी, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ७५ हजार, उपविजेताले रु ४१ हजार र तेस्रो हुने टोलीले रु २५ हजारसहित ट्रफि प्राप्त गर्नेछन् ।

अर्को सेमिफाइनल खेल नेपाल पुलिस क्लब र सुदूपश्चिम प्रदेशबीच आज हुने आयोजकले जनाएको छ । प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङमा बाम गठबन्धनको अग्रता
बागलुङमा बाम गठबन्धनको अग्रता
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
सामाखुसी खोलामाथि निर्माण गरिएको ‘स्ल्याब’ हटाउन थालियो
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
सुन प्रकरण: तिनजना प्रतिवादीलाइ अदालतले दियाे यस्ताे अादेश
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
सुशीला कार्की सरकारलाई भरौटे भनेका सूर्य थापाले सुदन गुरुङलाई दिए लठैतको संज्ञा
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण
भाषा बिग्रिएपछिको चिन्ता : साइनबोर्ड लेख्नेलाई भाषा प्रशिक्षण

तपाईंले छुटाउनुभयो कि?