निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
निर्मला पन्त हत्याकाण्डमा प्रहरीको प्रयास जारी : महानिरीक्षक खनाल

सारांश

  • काठमाडौं ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन् ।
  • निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानको विषयमा प्रहरी महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको प्रयास जारी रहेको बताए ।

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन् ।

निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धानको विषयमा प्रहरी महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको प्रयास जारी रहेको बताए । संघीय प्रहरी ऐन सम्बन्धमा प्रहरीको भूमिका लगायत अन्य पक्षमा सरकारमा सुझाव पेश गरिएको जानकारी गराए ।

प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धी सम्बन्धमा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान, समाजमा हुने अवान्छित गतिविधि निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताए ।

अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको दाबी गरे ।

प्रधानमन्त्रीबाट राष्ट्रिय अभियानको रुपमा प्रस्तुत भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अन्तर्गत नेपाल प्रहरीले गृह सुधार योजना अनुसार काम गरिरहेको उल्लेख गर्दै प्रहरीले गरेका गतिविधि र समृद्धिमा पुर्याीएको योगदानबारे सकारात्मक सन्देश पुर्याअउन संचारकर्मीको भूमिका रहेको बताए ।

अपराध नियन्त्रण तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा समुदायको सहयोग भइरहेको चर्चा गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न ३ महिने अभियान सुरु गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?