निर्मला पन्त हत्या प्रकरण: सबै पुरूषकाे डिएनए परिक्षण गर्न माग !
सारांश
- काठमाडौँ, १८ कात्तिक ।
- कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न सरकारसँग माग गरिएको छ ।
- आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न माग गर्दै आइतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
काठमाडौँ, १८ कात्तिक । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न सरकारसँग माग गरिएको छ ।आवश्यक परे कञ्चनपुरका सबै पुरुषहरुको डिएनए परिक्षण गर्न माग गर्दै आइतबार निर्मला न्यायको निमित्त राष्ट्रिय अभियानले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।
त्यस अवसरमा अभियानले निर्मला पन्तको हत्यारा पत्ता लगाउन बास्तविक डिएनए परिक्षण गर्न दबाब दिँदै सांकेतिक विरोध स्वरुप शनिबार अभियन्ताहरुले काठमाडौँमा संकलन गरेको रगतको नमूना पनि सरकारलाई बुझाएको छ । सरकारले हालसम्म गरेको डिएनए परिक्षण बास्तविक नभएको लागेपछि आफूहरुले सांकेतिक विरोध स्वरुप बास्तविक डिएनए परिक्षण गर्न संकलन गरिएको रगतको नमूना पनि सरकारलाई बुझाइएको अभियन्ता चेवन घिमिरेले बताए । अभियानले निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौँलगायत देशका मुख्यमुख्य शहरमा प्रर्दशन गर्दै आएको छ।
प्रतिक्रिया