‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १०, २०७५
|
|
३७ पटक हेरिएको
Shares
‘निर्मला प्रकरणको सबै प्रमाण नष्ट भएको छैन, केही समय पर्खिनुस’ (भिडियोसहित)

सारांश

  • उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ ।
  • निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्ता लगाउन नसक्दा प्रहरीको क्षमतामाथि नै प्रश्न उठेको छ ।
  • अरु धेरै राम्रा काम गर्दा गर्दै पनि निर्मला पन्त प्रकरणले त्यस्ता राम्रा कामलाई ओझेलमा पारेको छ ।

उत्तमराज सुवेदी, प्रवक्ता, नेपाल प्रहरी

पछिल्लो समय नेपाल प्रहरीलाई निर्मला पन्त प्रकरणले रनभुल्ल पारेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको १ सय ५० दिनसम्म पनि अपराधी पत्ता लगाउन नसक्दा प्रहरीको क्षमतामाथि नै प्रश्न उठेको छ । अरु धेरै राम्रा काम गर्दा गर्दै पनि निर्मला पन्त प्रकरणले त्यस्ता राम्रा कामलाई ओझेलमा पारेको छ । निर्मला पन्त प्रकरणको अनुसन्धान लगायत नेपाल प्रहरीको समग्र भूमिकाका बारेमा ऋषि धमलाले नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्मला प्रकरणमा नेपाल प्रहरी किन पूर्ण असफल भयो ?
यसलाई पूर्ण असफल भन्न मिल्दैन । नेपाल प्रहरीले हरेक घटनामा दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाउने प्रयास गर्दै आएको छ । धेरै घटनामा हामी सफल भएका छौँ । तर निर्मला पन्त प्रकरणमा भने ढिला भएको हो ।

निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गर्न सक्नुहुन्छ ?
हामीले अहिलेसम्मको अवधिमा पनि धेरै प्रयास गरेका थियौँ । अपराधीलाई कानुनी कठघरामा ल्याउने प्रयास जारी छ । अहिलेसम्मको प्रयास प्रयासमै सिमित छ । तर हामी दोषीलाई पक्राउ गरेरै छाड्छौँ ।

कहिलेसम्म पक्राउ गर्न सक्नुहुन्छ ?
यो अनुसन्धानको पाटो हो । मिति घोषणा गर्न सकिदैन । हामीले विभिन्न कोणबाट उक्त घटनाको अनुसन्धान गरिरहेका छाँै । नतिजा नआउञ्जेल अनुसन्धान जारी रहन्छ ।

अनुसन्धानका लागि समितिहरु बनाइयो । तर सत्य तथ्य फेला पर्न सकेन । किन ?
नतिजा नआउन्जेलसम्मको कुरा हो यो । तर अपराधी पत्ता लागेपछि सबैले गरेको काम देखिन्छ । चाँडोभन्दा चाँडो अपराधी पत्ता लाग्छ भन्ने विश्वास लिएका छौँ ।

यो घटनाले त नेपाली प्रहरी नै असफल भयो भन्ने टिप्पणी सुरु भएको छ नि ?
तत्काल घटनास्थलमा खटिएका प्रहरीले लापरबाही गरेकै हो । त्यसैले अनुसन्धान लम्बिएको हो । तर पनि नेपाल प्रहरीले हरेस खाएको छैन । अनुसन्धान पूरा गरेरै छाड्छौँ । समग्रमा बलात्कारका घटनामध्ये ९० प्रतिशत अनुसन्धान त सफल भइरहेको छ । कतिपय घटनाका दोषी १०–१५ वर्षपछि पत्ता लागेको इतिहास पनि छन् । यसको मतलब निर्मलाका बलात्कारी १०–१५ वर्षपछि पक्राउ पर्छन भन्न खोजिएको होइन ।

यो घटनाका कारण नेपाल प्रहरीको छवीमा कालो दाग लाग्यो भन्नेहरु पनि छन् नि ?
त्यसो होइन । नेपाल प्रहरीलाई विश्वास गर्नुपर्छ । एउटै घटनाका कारण व्याख्या गर्नु हुँदैन । अहिले पनि अरु घटनाका दोषीलाई २४ घण्टाभित्र पक्राउ गरेर मुद्धा चलाइरहेका छौँ । निर्मलाको न्यायका लागि हामी पनि धेरै चिन्तित छौँ । कुनै घटनामा यस्तो हुँदोरहेछ । तर धैर्य गर्नुपर्छ ।

प्रहरी प्रमुख सर्वेन्द्र खनालले नै गल्ती स्वीकार गर्नुभयो हैन ?
आइजीसावले कर्मचारीले गरेको गल्तीको जिम्मेवारी लिनुभएको हो । गलत गरेको कुरालाई स्वीकार मात्रै होइन, त्यस्ता कर्मचारीलाई कारबाही पनि गरिसक्यौँ ।

प्रहरीले प्रमाण नष्ट गरेकै कारण अपराधी पत्ता नलागेको हो ? कुनै पनि प्रमाण र अधार छैन ?
घटनामा खटिएका कर्मचारीले लापरबाही गरेकै हुन् । उनीहरुले गरेको लापरबाहीको सजायँ हामीले पनि भोगिरहेका छौँ । तर सबै प्रमाण नष्ट भएको छैन । म सबैलाई निश्चिन्त भएर केही समय पर्खिन आग्रह गर्छु ।

अन्तरवार्ताको पूरा अंश यो भिडियोमा हेर्नुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
बीएण्डसीलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको परमादेश
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
प्रकाण्डलाई २४ घण्टाभित्र सर्वोच्चमा उपस्थित गराउन तेस्रोपटक आदेश
आजको राशिफल
आजको राशिफल
माओवादी केन्द्रमा सामूहिक राजीनामा
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु :  राजाराम खड्का,नेपाली काँग्रेस
चाँगुनारायण नगरपालिकाको विकासमा लागी पर्छु : राजाराम खड्का,नेपाली काँग्रेस
विवाहपछि चम्कियो कपिलको भाग्य, कमेडी शोबाट गरे कमब्याम, हात लाग्यो हलिउड प्रोजेक्ट
विवाहपछि चम्कियो कपिलको भाग्य, कमेडी शोबाट गरे कमब्याम, हात लाग्यो हलिउड प्रोजेक्ट
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बाँकेमा बन्धक बनाएर जग्गा कीर्ते, अधिकृतसहित ८ कर्मचारी समातिए
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा
माओवादी “जनसत्ता”मा समलिङ्गी मुद्दाको रोचक प्रसङ्गको खुलासा
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र
निर्माण ब्यबसायी संघ उदयपुरले बुझायो प्र.जी.अ.मार्फत सरकार लाई ज्ञापन पत्र