प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पतालको व्यवस्था हुने
सारांश
- सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पतालको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।
- स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न मुख्य सचिवको नेतृत्वमा गठित केन्द्रीय व्यवस्थापन समितिले सबै स्थानीय तहमा १५ शैयाको अस्पतालबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
- स्थानीय तह कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापन, स्थानीय तह गठनका लागि मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा समन्वयन समिति गठन भएको छ ।
सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पतालको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।
स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वयन गर्न मुख्य सचिवको नेतृत्वमा गठित केन्द्रीय व्यवस्थापन समितिले सबै स्थानीय तहमा १५ शैयाको अस्पतालबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो । स्थानीय तह कार्यान्वयनका क्रममा कर्मचारी व्यवस्थापन, स्थानीय तह गठनका लागि मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा समन्वयन समिति गठन भएको छ ।
समितिले शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भएकाले नगरपालिका र गाउँपालिकाबाट गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया