निर्मला हत्या प्रकरणः थप दुई व्यक्तिको डिएनए परीक्षणको तयारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० कात्तिक ।
  •   ९३ दिन हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अभियुक्त पत्ता लागेका छैनन् ।
  • प्रहरीले आधा दर्जन अनुसन्धान टोली गठन गरेपनि अनुसन्धान सफल नहुँदा व्यापक आलोचना भइरहेको छ ।

काठमाडौं, १० कात्तिक ।  ९३ दिन हुँदा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अभियुक्त पत्ता लागेका छैनन् । प्रहरीले आधा दर्जन अनुसन्धान टोली गठन गरेपनि अनुसन्धान सफल नहुँदा व्यापक आलोचना भइरहेको छ ।  अनुसन्धानका लागि नेपाल प्रहरीले अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल)को सहयोग मागेको छ । अनुसन्धानका प्राविधिक पक्षमा सहयोग गर्न प्रहरीले इन्टरपोल मुख्यालय पेरिसलाई इमेल लेखेको हो ।

निर्मलाको हत्या भएको दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरको ओपेरा होटेलमा केही युवतीको फोटोसुट गरेका थिए । स्थानीय बासिन्दाले निर्मला पनि त्यस दिन होटेलमा गएको हुन सक्ने आशंका गरेका छन् । तर, होटेलको सिसिक्यामेराको भिडियो १५ दिनपछि अटोमेटिक रूपमा डिलेट भएको छ । भिडियो रिकभर गर्न भारतीय विज्ञहरूको समेत सहयोग लिइयो । तर, प्रहरी असफल भयो । सोही भिडियो रिकभरीका लागि प्रहरीले इन्टरपोलको सहयोग मागेको हो । इन्टरपोलमा यससम्बन्धी विज्ञ व्यक्ति हुन सक्ने भएकाले पत्राचार गरिएको कञ्चनपुरका एसपी कुवेर कठायतले बताए ।

थप दुई व्यक्तिको डिएनए परीक्षणको तयारी

निर्मलाको योनीमा पुरुषको ‘स्पर्म’ भेटिएकाले त्यसको डिएनए परीक्षणबाट नै अपराधी पत्ता लाग्ने विश्वासमा प्रहरी छ । अहिले प्रहरी थप दुई शंकास्पद व्यक्तिको डिएनए परीक्षणको तयारीमा छ । उनीहरूसँग सोधपुछ भएको र हिरासतमा नराखि डिएनए परीक्षणको तयारी भइरहेको कञ्चनपुरका एक प्रहरी अधिकारीले बताए । यसअघि चक्र बडु, दिलिपिसिंह बिष्ट, सेवाबाट हटाइएका एसपी डिल्लिराज बिष्ट, उनका छोरा किरण तथा अर्का स्थानीय युवा आयुष बिष्टको डिएनए परीक्षण गरिसकिएको छ । तर, पाँचै जनाको डिएनए निर्मलाको योनीमा भेटिएको विर्यसँग मेल नखाएको रिपोर्ट आयो । हरिप्रसाद मैनाली नेतृत्वको छानबिन समिति तथा राष्ट्रिय मानव अधिकार आयोगले भने डिएनएको नमुनामै आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय  : के पि ओली
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की
मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
अब के होला रवि लामिछानेको मुद्दा ?
अब के होला रवि लामिछानेको मुद्दा ?
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस
अब के होला पौडेल–सिटौला सम्बन्ध ?
अब के होला पौडेल–सिटौला सम्बन्ध ?
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
अर्जेन्टिनासँगको सेमिफाइनलअघि कप्तान केनको प्रतिबद्धता: ‘इङ्ग्ल्यान्डको असली लय देखिन अझै बाँकी छ’
यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा
यी देशमा पनि छन् मोटरसाइकल लिफ्ट सेवा

तपाईंले छुटाउनुभयो कि?