राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १५, २०७६
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन्।
  • संबाद डबलीमा भएको शाक्षत्कारमा उनले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताएका हुन्।

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन्।
संबाद डबलीमा भएको शाक्षत्कारमा उनले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म संम्भव नभएको बताएका हुन्। उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए।
संविधान संशोधनका लािग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो। तर पार्टी भित्र र बाहिरबाट यसको विरोध भएपनि भंग गरिएको छ। राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने उनले बताए। पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए। राष्ट्रिय हित अनुकुल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
एमसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो। अध्ययन कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ। अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने÷नगर्ने विषय टुंगो लाग्नेछ। एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ।

(https://bparlay.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
एमाले संगको सहकार्य छोडेर, देउवा सरकारमा जानु नै हाम्रो लागि दुर्भाग्य-कमल थापा
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
कर्णाली प्रदेश : बाढी पहिरोमा परी ३३ जनाको मृत्यु, ४ सयभन्दा बढी घरपरिवार विस्थापित
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ सम्पन्न
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
पोखरा लेखनाथ महानगरपालिकालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने
मन्त्री प्रभु साहको मतदान तस्वीरमा हेर्नुहोस
मन्त्री प्रभु साहको मतदान तस्वीरमा हेर्नुहोस
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
ठुलो संख्यामा कोरोना संक्रमित थपिए, देशभर कुल संक्रमित संख्या २३ हजार नजिक पुग्यो
प्रदेश नं. १: बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री राई को निर्देशन
प्रदेश नं. १: बजेट कार्यान्वयन गर्न मुख्यमन्त्री राई को निर्देशन

तपाईंले छुटाउनुभयो कि?