निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • चर्चित र रहस्यमयी बन्दै गएको कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान गर्न गठित छानविन समितिबाट राजिनामा दिएका उपसचिव वीरेन्द्र केसी फेरि काममा फर्किएका छन् ।
  • बुधवार एक प्रेस विज्ञप्ति जारी गरी छानविन समितिको म्याद थप लगायतका विषयमा आफ्नो विमति रहेको र गृहमन्त्रालय तथा समितिका संयोजकसँग भएको छलफलबाट पुनः छानविनमा संलग्न हुँदा निर्मला पन्तप्रति न्याय हुने ठहर गरी काममा फर्किएको बताएका छन् ।

काठमाडौं, २७ भदौ । चर्चित र रहस्यमयी बन्दै गएको कञ्चनपुरको निर्मला पन्तको बलात्कार तथा हत्याको अनुसन्धान गर्न गठित छानविन समितिबाट राजिनामा दिएका उपसचिव वीरेन्द्र केसी फेरि काममा फर्किएका छन् । बुधवार एक प्रेस विज्ञप्ति जारी गरी छानविन समितिको म्याद थप लगायतका विषयमा आफ्नो विमति रहेको र गृहमन्त्रालय तथा समितिका संयोजकसँग भएको छलफलबाट पुनः छानविनमा संलग्न हुँदा निर्मला पन्तप्रति न्याय हुने ठहर गरी काममा फर्किएको बताएका छन् ।

उपसचिव केसीले राजीनामा फिर्ता गर्दै पुनः अनुसन्धान समितिमा रहेर काम गर्ने भएका छन् । समितिले दोषी ठहर गर्न नसक्ने भएको भन्दै राजीनामा दिएका केसीले गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबाट राजीनामा फिर्ता लिएको जानकारी दिएका हुन् ।

आफूले छोड्दा अपराधी छुट्ने सम्भावना रहने भन्दै उनले नाटकीय रुपमा पुनः समितिमै रहेर काम गर्ने जनाएका हुन् । गृह मन्त्रालयले घटनाको अनुसन्धान गर्न आइतबार मात्रै समितिको म्याद १५ दिन म्याद थप गरेको छ । म्याद थपिएसँगै केसीले समितिबाट राजीनामा दिएका थिए ।

यही भदौ ७ गते सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । बलात्कार र हत्या भएको ४७ दिन पूरा भइसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास
असार दोस्रो सातादेखि संचालनमा कलंकी अण्डरपास
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
भ्याट बिल नकाट्नेलाई कारवाही गरिने
भ्याट बिल नकाट्नेलाई कारवाही गरिने
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
साल्ट ट्रेडिङ कर्पोरेसनमा ३ अर्ब रुपैयाँ घोटाला
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
चार घर आगलागी हुँदा लाखौँको क्षति
चार घर आगलागी हुँदा लाखौँको क्षति
आर्थिक अराजकता अन्त्य गर्नु अहिलेकाे मुख्य उद्देश्य होः अर्थमन्त्री खतिवडा
आर्थिक अराजकता अन्त्य गर्नु अहिलेकाे मुख्य उद्देश्य होः अर्थमन्त्री खतिवडा
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
अमेरिकामा रहेका नेपालीलाई एनआरएन परिचयपत्र लिन महावाणिज्य दूतावासको आग्रह
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप