अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपतिका विशेष सहायक लाउबाचरले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई

सारांश

  • काठमाडौं ।
  • अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् ।
  •   बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । 

बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन् ।  सो भेटवार्तामा उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्धलाई थप सुद्धृढ बनाउने र द्विपक्षीय सहकार्य बढाउने विषयमा कुराकानी भएको छ । 

बुधबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी उनले आएलगत्तै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?