निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १९, २०७८
|
|
३४ पटक हेरिएको
Shares
निर्वाचनको मुखमा व्यापक सरुवा, बढुवा र नियुक्ति

सारांश

  • काठमाडौं।
  • स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ ।
  • सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आपूm अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ ।

काठमाडौं। स्थानीय तहको निर्वाचन आउन ४१ दिन मात्रै बाँकी रहँदा सरकारले आफ्ना नेता कार्यकर्तालाई विभिन्न निकायमा नियुक्ति गर्ने क्रमलाई तीव्रता दिएको छ । सरकारले निर्वाचन नजिकिँदै गर्दा ठूलो संख्यामा प्रहरी तथा कर्मचारीको सरुवा गर्दै आपूm अनुकूलको प्रहरी प्रशासन बनाउने प्रयास गरेको छ ।

सरकारले प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरी निर्वाचनलाई आपूm अनुकूल बनाउन खोजेको हो । पछिल्ला दिनमा सरकारी निकाय कार्यकर्ता भर्ने भर्तीकेन्द्रको रूपमा रूपान्तरण हुन थालेको सरकारी अधिकारीले बताएका छन् ।

सरकारले गत २४ माघमा नै आगामी २०७९ साल वैशाख ३० मा हुनेगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको थियो । चुनावको मिति घोषणा गरेको ढेड महिनाको अवधिमा सरकारले ठूलो संख्यामा कर्मचारी सरुवा, बढुवा र राजनीतिक नियुक्ति गरेको हो ।

सरकारले बिहीबार मात्रै ४३ जिल्लामा भूमि आयोगमा अध्यक्षको नियुक्ति गरेको छ । यसरी भूमि आयोग जस्तो निकायमा नियुक्ति लिनेहरूमा सत्तारूढ दल कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्लास्तरका नेता तथा कार्यकर्ता छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार पछिल्लो २०÷२५ दिनको अवधिमा मात्रै सयांै नियुक्ति भएका छन् । यही अवधिमा सरकारले नेपाल प्रहरीमा तीन एआईजी पदसमेत थप गरी तीन जनालाई एआईजीमा बढुवा गरिसकेको छ । सो बढुवा विवादित भएपछि हाल बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

यसैगरी केही दिनअघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका मात्रै ५ सय १३ भन्दा बढी कर्मचारीको सरुवा गरेको थियो । यसैबीचमा विभिन्न मन्त्रालयका दर्जनौं सहसचिवको सरुवा भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसअघि सरकारले दुई दर्जनभन्दा बढी सचिवको सरुवा गरेको थियो ।

निर्वाचन आयोगले सरकारी निकायको हकमा आचारसंहिता जारी गर्न भने बाँकी नै छ । आयोगले आचारसंहिता जारी गरेपछि भने सरकारले सरुवा, बढुवा र नियुक्ति प्रक्रियामा पूर्णतयः रोक लाग्नेछ । यद्यपि, निर्वाचन घोषणा भइसकेपछि भने सरकारले अत्यावश्यकबाहेक अन्य दीर्घकालीन असर पर्ने खालका नियुक्ति तथा सरुवा बढुवा गर्न नहुने लोकतान्त्रिक संस्कार र परम्परा रहेको राजनीतिक विश्लेषकको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
केन्यामाथि नेपालको ४ विकेटको जित, शृंखलामा २-१ को अग्रता
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
शुक्रबार बिहानबाट यसरी ह्वात्तै बढ्यो कांग्रेसको अग्रता, पहिलो पार्टी हुने संकेत !
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
सिमकोट विमान स्थल बन्द !
सिमकोट विमान स्थल बन्द !
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु
सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल
उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार
उपराष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार

तपाईंले छुटाउनुभयो कि?