पाकिस्तानलाई चिठ्ठा पर्यो !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पाकिस्तानलाई चिठ्ठा पर्यो !

सारांश

  • काठमाडौं।
  • अस्ट्रेलियासँगको पहिलो टि–२० खेल वर्षाले बिथोलिएपछि पाकिस्तानलाई चिठ्ठा परेसरह भएको छ ।
  • पाकिस्तानले दिएको १५ ओभरमा ११९ रनको लक्ष्य पच्छ्याइरहेको अस्ट्रेलियाले ३ ओभर १ बलको खेलमै कुनै पनि विकेटको क्षतिबिना ४१ रन बनाइसकेको थियो ।

काठमाडौं। अस्ट्रेलियासँगको पहिलो टि–२० खेल वर्षाले बिथोलिएपछि पाकिस्तानलाई चिठ्ठा परेसरह भएको छ । पाकिस्तानले दिएको १५ ओभरमा ११९ रनको लक्ष्य पच्छ्याइरहेको अस्ट्रेलियाले ३ ओभर १ बलको खेलमै कुनै पनि विकेटको क्षतिबिना ४१ रन बनाइसकेको थियो । तर, वर्षाले अवरुद्ध भएको खेल अन्ततः रद्द भएपछि पाकिस्तान हारबाट जोगिएको छ ।

सिड्नीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १२ ओभर ४ बलको खेल हुँदा ३ विकेटको क्षतिमा ८८ रन बनाएका बेला पानी परेपछि केही बेर खेल रोकिएको थियो । वर्षा रोकिन केही ढिलाइ भएपछि खेललाई १५ ओभरमा झारियो । खेल छोट्याइएपछि बाँकी रहेको १४ बलमा पाकिस्तानले १९ रन मात्र जोडेर कूल १०७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५९, मोहम्मद रिजवानले ९१ र आसिफ अलीले ११ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र केन रिचार्डसनले २–२ विकेट लिए भने एस्टोन अगरले १ विकेट लिए । खेल बीचमा छोट्याइएकोले अस्ट्रेलियालाई १५ ओभरमा ११९ रनको लक्ष्य दिइयो ।

अस्ट्रेलियाको इनिङमा पहिलो ओभरमा मोहम्मद इरफानले मात्रै ५ रन दिए भने दोस्रो ओभरमा मोहम्मद आमिरले ८ रन दिए । तर तेस्रो ओभरमा मोहम्मद इरफान कुटिएपछि खेल अस्ट्रेलियाको पक्षमा गएको थियो । तेस्रो ओभरमा मोहम्मद आमिरको बलमा अस्ट्रेलियाका कप्तान आरोन फिन्चले एक्लै ४ चौका र २ छक्काको मद्दतमा २६ रन जोडेका थिए । तेस्रो ओभरमै खेल अस्ट्रेलियाको पक्षमा गएको भए पनि चौथो ओभरको पहिलो बलपछि नै पानी परेर खेल रोकिएपछि अन्ततः पाकिस्तान हारबाट जोगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला
युवालाई स्वदेशमै रोजगार हुने बाटो खुला
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आत्मविश्वास र मेहनतले ‘मिस शेर्पा २०१७’ भएँ : सोनाम डोल्मा
आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह

तपाईंले छुटाउनुभयो कि?