निर्विरोध सभामुख महराको आज सपथ
सारांश
- काठमाडौं, २७ फागुन- प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका कृष्णबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
- उनी हिजो शनिबार सभासमुखमा नवनिर्वाचित भएपछि आज शपथ लिने भएका हुन् ।
- सभामुख महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आइतबार राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने कार्यक्रम रहेको छ ।
काठमाडौं, २७ फागुन- प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका कृष्णबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिँदैछन् । उनी हिजो शनिबार सभासमुखमा नवनिर्वाचित भएपछि आज शपथ लिने भएका हुन् ।
सभामुख महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज आइतबार राष्ट्रपति भवन शीतल निवासमा शपथ खुवाउने कार्यक्रम रहेको छ । महरालाई आज बिहान ११ बजे सपथ ग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।
सभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रका वरिष्ठ नेता हुन् । अब सभामुख भएपछि उनले पार्टीको पदमा बस्न उचित हुनेछैन ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Kankai Hospital
बल्ल हास्नु भयो नेता ज्यु हिजो सम्म के हो के
मतिराज पौडेल
यो हांसो बेक्ती गत मात्र न होस सभामुख महो दय !संगिय संसद को
बैठक मा बिगत मा जस्तो रणभुमी को
रमिते नबनोस यो हांसो !तपाई को अध्यक्ष ता गरेका बैठक ले जन्ता खुसिले हांस्न सकेभने मात्र हांसो अर्थ
रहनेछ!इति!!
Sewakar Pandey
Janaghati Bhrastachari Indiako Dalali Ra Bigatko Oli sarkar giraune mahatwapurna kam gareko jas sworup feri tyastai aasha gardai Ne ka le pani samarthan gareko xa ,herau k garxa?
Manish Darlami
३३ किलो सुनको करामत हो निर्बिरोध सभामुख हुनुमा भ्रष्टाचारी महरा।