बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०८१
|
|
५६ पटक हेरिएको
Shares
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ

सारांश

  • काठमाडौं।
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलक्षित टिप्पणी गरेका छन्।
  • आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मेयर बालेनले गिरीबन्धु टीस्टेट प्रकरणमा अध्यक्ष ओलीलाई जोड्नु भैंसीलाई ढाडमा झिंगा बसेर लात हान्नु जस्तै भएको टिप्पणी गरेका हुन्।

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलक्षित टिप्पणी गरेका छन्।

आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मेयर बालेनले गिरीबन्धु टीस्टेट प्रकरणमा अध्यक्ष ओलीलाई जोड्नु भैंसीलाई ढाडमा झिंगा बसेर लात हान्नु जस्तै भएको टिप्पणी गरेका हुन्।

‘भैंसीलाई ढाडमा झिंगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन। झिंगा दंग परेको हुन्छ, चार लात हानें यसपल्ट भनेर।’

केही दिन अघि मेयर बालेनले गिरीबन्धु टीस्टेटमा ओलीले करोडौं भ्रष्टाचार गरेको आरोप लगाउँदै स्टाटस लेखेका थिए। त्यस पछि एमाले अध्यक्ष ओली र मेयर बालेनबीच घोचपेच चलिरहेको छ।

अध्यक्ष ओलीले आफू अनावश्यक विवादमा पर्न नचाहेको बताउँदै राष्ट्रिय राजनीतिलाई परिपक्क, जिम्मेवार र सभ्य राजनीतिमा लैजानुपर्नेमा जोड दिए।

राजनीतिक दलमा परिपक्वता नदेखिँदा अस्थिरता बढेको बताउँदै अध्यक्ष ओलीले अब राष्ट्रिय राजनीतिलाई जिम्मेवार र परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए। उनले वर्तमान सत्ता गठबन्धनलाई अगाडि बढाउन जरुरी रहेकाले यसलाई भत्काउन दिइँदैन भने। “अहिलेको समीकरण बनाउन र विश्वासको मत नदिने योजनामा केही दलहरु थिए तर त्यो सफल भएन । यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन, त्यसैले समीकरण भत्किन दिइँदैन”, अध्यक्ष ओलीको भनाइ थियो।

यसैगरी उनले आफ्नो पार्टीले सरकारले ल्याएको बजेट राम्रो हुनुपर्छ भन्ने कुरा राखेको र यस्तो भन्नु नराम्रो नभएको बताए। फरक प्रसंगमा कुरा गर्दै उनले भारतका प्रधानमन्त्रीको शपथग्रहणमा नेपालका प्रधानमन्त्रीहरू जाने पुरानो परम्परा रहेकाले वर्तमान प्रधानमन्त्री त्यहाँ जानुलाई अन्यथा लिन नहुने जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने
मुग्लिन–नारायणगढ सडकको विकल्प, त्रिशूलीपारी दुई लेनको सडक बन्ने
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
कसरी बित्छन रबि लामिछानेका दिनहरु हिरासतमा ।
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
त्यो हार पछि बलियो बनेको ब्राजिल र टक्कर दिन तयार स्वीट्जरल्याण्ड
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं पुगिन्
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं पुगिन्
हरियो चिया पत्ती उत्पादनमा कमी
हरियो चिया पत्ती उत्पादनमा कमी
गगन थापाका पीए, रवीन्द्रका दाहिना !
गगन थापाका पीए, रवीन्द्रका दाहिना !
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी
मुक्तिनाथ बारे यस्ताे ट्वीट गरे नरेन्द्र मोदीले