सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सर्लाही–४ का वाम उम्मेदवारको उम्मेदवारी खारेज

सारांश

  • सर्लाही, मंसिर ११ – सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारदिनु भएका वाम गठबन्धनका उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज भएको छ ।
  • निर्वाचन आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा उहाँको उम्मेदवारी खारेज गरेको हो ।
  • आयोगले उम्मेदवारी खारेजी गरेर आफूमाथि अन्याय गरेको भन्दै त्यसका लागि सोमबार नै अदालतमा जाने उहाँले बताउनुभएको छ ।

सर्लाही, मंसिर ११ – सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारदिनु भएका वाम गठबन्धनका उम्मेदवार शिवपूजन राय यादवको उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगले कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा उहाँको उम्मेदवारी खारेज गरेको हो ।

आयोगले उम्मेदवारी खारेजी गरेर आफूमाथि अन्याय गरेको भन्दै त्यसका लागि सोमबार नै अदालतमा जाने उहाँले बताउनुभएको छ । वाम गठबन्धनको आफू साझा उम्मेदवार भएकाले दुवै पार्टी भित्र छलफल पछि मात्र के गर्ने भन्न सकिने उहाँको भनाई छ । राय माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बन्नु भएको हो ।

पूर्वसभासद रायले कूटनीतिक राहदानी दुरुपयोग गरेकाले उहाँको उम्मेदवारी खारेज गर्नका लागि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जानएको छ । उहाँको उम्मेदवारी खारेज भएपछि सर्लाही ४ का मतदातामा अन्यौल बढेको छ ।

वाम गठबन्धनका उम्मेदवार रायको उम्मेदवारी खारेजीले पार्टी भित्रका कार्यकर्तामा के गर्नै भन्ने अन्यौल बढेको गठबन्धनका कार्यकर्ता महेश बरालले बताउनुभयो । यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका अमरेशकुमार सिंह राजपाका रकेश मिश्रर केही स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा हुनुहुन्छ ।

रायको उम्मेदवारीको बारेमा पहिलेदेखि निकै चर्चा हुने गरेको थियो । विशेष अदालतले २०७२ साउन २६ मा कुटनीतिक राहदानी हेरफेर गरी अनाधिकृत मानिस विदेश पठाई भ्रष्टाचार गरेको फैजदारी अभियागमा रायलाई चार महिना कैद र १५ हजार जरिवानाको फैसला गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?