नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडक आउँदो शनिबार ७ घण्टा बन्द हुने

सारांश

  • आगामी कात्तिक २५ गते शनिबार नारायणगढ-मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द हुने भएको छ ।
  • सडकखण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा र्झन सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।
  • चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले कात्तिक २५ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो ।

आगामी कात्तिक २५ गते शनिबार नारायणगढ-मुग्लिन सडक दिउँसो ७ घण्टा बन्द हुने भएको छ ।

सडकखण्डको सेतीदोभान (२० प्लस ४००) मा ठूलो ढुंगा सडकमा र्झन सक्ने देखिएकोले त्यसलाई व्यवस्थापन गर्न भन्दै सो दिन दिउँसोको समयमा सवारी साधन आवगमन बन्द गर्न लागिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बसेको बैठकले कात्तिक २५ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो ।

सेती दोभान क्षेत्रमा रहेको ठूलो ढुंगा झर्दा मानवीय तथा भौतिक क्षति हुन सक्ने भएकाले दुवै तर्फ सवारी रोकी ढुंगा झारेर सुरक्षित व्यवस्थापन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए ।

सडक खण्डमा अझै पनि खाल्डाखुल्डी रहेकाले त्यसलाई पुरेर सम्याउन सम्बन्धिन निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।

त्यसैगरी, बैठकले तीनवटै सेक्टरका निर्माण व्यवसायीहरुले आवश्यकता अनुसार मानिस र मेसीन प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिन निर्देश गरेको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा अहिले धमाधम पीच निर्माणका कामहरु भइरहेका छन् ।

सडकखण्डको कटिङ गर्न बाँकी ८ सय मिटरमा काम थाल्ने आयोजनाले बताएको छ । परीक्षणका लागि एक देखि डेढ घण्टा कटिङको काम गर्न लागिएको हो । सडक खण्डको १६, २२ र ३३ किलोमा ट्राफिक आवागमनलाई व्यवस्थित गर्दै कटिङ गर्न लागिएको आयोजनाले जनाएको छ । विहान ७ बजेदेखि ८ः३० बजेसम्म र ११ देखि अपरान्ह दिउँसो ४ बजेसम्म कटिङ गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?