टुटल र पठाओ नरोक्न प्रधानमन्त्रीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
टुटल र पठाओ नरोक्न प्रधानमन्त्रीको निर्देशन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन्।
  • ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
  • बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री महासेठलाई यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई चल्न दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई निर्देशन दिएका छन्। ओलीले निजी मोटरसाइकल प्रयोगकर्ताले टुटल र पठाओ जस्ता प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक लगाइएकोबारे चासो राख्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

बुधबार राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभागीय मन्त्री महासेठलाई यस्तो निर्देशन दिएका हुन्। ‘मोटरसाइकलमा पछाडि बसेर,साथी हिँड्यो कि श्रीमती हिँड्यो कि भाइ हिँड्यो कि को हिँड्यो । अब हरेकलाई रोकेर सोध्न थालेपछि मान्छे गन्तव्यमा पुग्दैन । रिसाउन थाल्छ’, प्रधानमन्त्रीलाई उधृत गर्दै प्रेस संयोजक अधिकारीले भने, ‘त्यस्ता खालका कुरामा सरसल्लाहबिना फ्याट फ्याट आदेश, निर्देशनहरुतिर नजाउँ । यो कहाँ कहाँबाट भएको छ, तुरुन्तै साथीहरूले चाँहि स्टप गर्नुहोस अहिले । जे व्यवस्था गर्नुपर्छ पछाडि गरौँला । तत् सम्बन्धमा कानुन हुनपर्यो, व्यवस्था हुनुपर्यो ।’

अन्नपुर्ण पोष्टमा प्रकाशित समाचारमा उनले जनताको जीवनसँग जोडिएको यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निर्णय गर्नु गलत भएको भन्दै तुरुन्त पहिले झैँ चल्न दिन निर्देशन दिएका हुन्। सरकारको यो निर्णयको प्रमुख प्रतिपक्षी दल कांग्रेस, केही सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को विरोध गरेका थिए। प्रधानमन्त्रीले सबैको गुनासो सुनेपछि विभागीय मन्त्रीलाई तुरुन्त पहिलेझैँ चल्न दिन निर्देशन दिएको अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?