निषेधाज्ञाकै बीच कोरोना संक्रमण झन भयावह बन्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • सरकारले कोरोना भाइरसको रोकथामका लागि कडा कदम चालेपनि संक्रमितको संख्या वृद्धि भइरहेको छ ।
  • मृतक संख्या झन् झन् बढिरहेको छ ।
  • भाद्र महिनामा एकै दिन संक्रमित संख्या वृद्धि हुने र मृत्यु हुने संख्यामा रेकर्ड ब्रेक भएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि कडा कदम चालेपनि संक्रमितको संख्या वृद्धि भइरहेको छ । मृतक संख्या झन् झन् बढिरहेको छ ।

भाद्र महिनामा एकै दिन संक्रमित संख्या वृद्धि हुने र मृत्यु हुने संख्यामा रेकर्ड ब्रेक भएको छ । एकै दिन एक हजार संक्रमित संख्या बढेको छ भने हिजो ११ जनाको एकै दिन मृत्यु पुष्टि भएको छ । यसले भयावह अवस्था आउने संकेत गरेको छ ।

असार र साउनमा कोरोना संख्याको दैनिक वृद्धिदर एक सय देखि ७ सयसम्म थियो । तर, भाद्रको पहिलो सातामै संक्रमित संख्या ७ सय देखि एक हजारभन्दा बढी हुन थालेको छ । दैनिक मृत्यु रेकर्ड भइरहेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रिमत संख्या ३० हजार ४ सय ८३ पुगेको छ । मृतक संख्या एक सय ३७ पुगेको छ । संक्रमित र मृतक संख्या वृद्धिको अनुमात बढिरहेको छ ।

सबैभन्दा जोखिम काठमाडौं उपत्यका, वीरगञ्ज, विराटनगर र नेपालगञ्जमा देखिएको छ । सयभन्दा बढी संख्यामा संक्रमित देखिनुका साथै ती क्षेत्रमा दैनिकजसो मृतक थपिने क्रम जारी छ । शहरी क्षेत्रमा समुदायमा कोरोना फैलिएको आशंकाहरु भइरहेका छन् । यसले झन् जोखिम बढिरहेको छ ।

काठमाडौं उपत्यकामा ४ भाद्रको मध्यरातबाट निषेधाज्ञा जारी गरिएको छ । देशका जोखिमयुक्त अन्य क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ । तैपनि, संक्रमित संख्या बढ्नुले त्रास बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?