के ‘शाहाे’ ले थाम्ला विँडाे ‘बाहुबलि’काे ?
सारांश
- यतिबेला चर्चा भैरहेका बलिउडका ठूला फिल्महरु मध्येकाे एक हाे बाहुबलि स्टार प्रभास अभिनित चलचित्र ‘शाहाे’ ।
- फिल्मकाे काम लगातार भइरहे पनि विविध कारणले गर्दा सितम्बर सम्म सकिने भनिएकाे शुटिङ् डिसेम्बर सम्म लम्बिने भएकाे छ ।
- खासमा फिल्मकाे एक्शन पक्षलाई अझ सबल बनाउन प्रयास गरिएकाे हुँदा फिल्म निर्माणमा ढिलाइ भएकाे निर्माण पक्षकाे भनाइ छ ।
यतिबेला चर्चा भैरहेका बलिउडका ठूला फिल्महरु मध्येकाे एक हाे बाहुबलि स्टार प्रभास अभिनित चलचित्र ‘शाहाे’ । फिल्मकाे काम लगातार भइरहे पनि विविध कारणले गर्दा सितम्बर सम्म सकिने भनिएकाे शुटिङ् डिसेम्बर सम्म लम्बिने भएकाे छ । खासमा फिल्मकाे एक्शन पक्षलाई अझ सबल बनाउन प्रयास गरिएकाे हुँदा फिल्म निर्माणमा ढिलाइ भएकाे निर्माण पक्षकाे भनाइ छ ।
फिल्मकाे शुटिङ यसै वर्षकाे अन्त्य सम्ममा सकिनेछ र पाेस्ट प्राेडक्शनकाे काम शुरु हुनेछ । व्यापारका हिसाबले कलिउडकाे मात्र नभएर भारत कै सबैभन्दा ठूलाे मध्येकाे एक फिल्म बाहुबलि पनि अप्रिल मै रिलिज भएकाे थियाे र महिनाैँ सम्म बक्स अफिसमा राज गरेकाे थियाे । यस्ताेमा निर्माण पक्षकाे उद्देश्य इतिहास दाेहाेर्याउने हुनेछ । फिल्म बाहुबलि भन्दा कुनै काेणबाट पनि कम नभएकाे उनीहरुकाे दावी छ ।

प्रतिक्रिया