नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
नेकपाका दुई अध्यक्षकै काँधमा सबै जिम्मेवारी

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईदिनसम्म बैठक बस्दा पनि एकीकरण सम्बन्धी टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई जिम्मा दिइएको छ ।
  • नेकपाको सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी दुईजना अध्यक्षलाई दिने निर्णय गरेको हो।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुईदिनसम्म बैठक बस्दा पनि एकीकरण सम्बन्धी टुंगो लगाउन नसकेपछि दुई अध्यक्षलाई जिम्मा दिइएको छ । नेकपाको सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी दुईजना अध्यक्षलाई दिने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहिबार बसेको बैठकले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई साङ्गठनिक एकीकरण सम्बन्धी प्रस्ताव जिम्मा दिने निर्णय गरेको हो ।

बुधबार र बिहीबार बसेको सचिवालय बैठकले एकीकरण सम्बन्धी विषय टुंगाउन नसकेपछि मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो।

एकीकरण प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। दुईजना अध्यक्षले तयार पारेका प्रस्ताव स्थायी समितिको बैठकमा लगी छलफल हुने नेता श्रेष्ठले बताए। “अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्विकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ।”

त्यस विषयमा आज बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने बताइएको छ । नेकपाको केन्द्रको मात्र एकीकरण टुंगो लागेको र त्यस तलका संगठन संरचनाको विषयमा टुंगो लाग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?