सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
३२ पटक हेरिएको
Shares
सलमानले कट्रिनापछि उनकी बहिनीलाई पनि बलिउडमा ल्याउने

सारांश

  • मुम्बई ।
  • बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफपनि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छन् ।
  • इसाबेललाई सुपरस्टार सलमान खानले बलिउडमा लन्च गर्न लागेका हुन् ।

मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफकी बहिनी इसाबेल कैफपनि बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छन् । इसाबेललाई सुपरस्टार सलमान खानले बलिउडमा लन्च गर्न लागेका हुन् ।सलमानले आफ्ना बहिनी ज्वाई आयुष शर्मा र इसाबेललाई लिएर नयाँ फिल्म क्वाथा बनाउने घोषणा गरेका छन् । यो फिल्म सत्य घटनामा आधारित हुने बताइएको छ ।

यो फिल्म भारतीय सेनाको कथामा आधारित हुने बताइएको छ भने यस फिल्ममा आयुष सैनिकको भूमिकामा हुने छन् । यस फिल्मलाई करण भुटानीले निर्देशन गर्ने भएका छन् । आयुषले यस अघि लभयात्री फिल्मबाट बलिउडमा डो्यु गरेपनि सो फिल्म बक्स अफिसमा त्यति सफल भने हुन सकेको थिएन ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?