धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
३० पटक हेरिएको
Shares
धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १३ जना घाईते

सारांश

  • काठमाडौँ ।
  • धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् ।
  • धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् ।

काठमाडौँ । धादिङको ज्वालामुखीमा बोलेर दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन् ।धादिङको खरीबाट बेसीतर्फ यात्रु बोकेर आउँदै गरेको ग १ ज ५४३१ बोलेरो गाडी ज्वालामुखी ६ धौखोला स्थित सडक खण्डमा दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका हुन् । गाडी सडकबाट ४ ५ मिटर तल खसेको छ ।उक्त बोलेरो दुर्घटनामा परी ज्वालामुखी ५ का २९ वर्षीय सोम बहादुर मग्राती‚ २२ वर्षीया लक्ष्मी रोक्का‚ १२ वर्षीय रमेश रोक्का, २५ वर्षीया गीता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी‚ ६ वर्षीया रोचिता गुरुङ‚ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वती नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीया मायादेवी आले रोक्का‚ १० वर्षीय सुनिल बालकोटी‚ १३ वर्षीया सिर्जना नेपाली र बर्ष १७ वर्षीया सरस्वती गुरुङ रहेको छन्।हाल घाईतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?