काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत पुरा, धुरी राखियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ११, २०७७
|
|
३५ पटक हेरिएको
Shares
काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत पुरा, धुरी राखियो

सारांश

  • काठमाडौँ, ११ साउन (रासस): ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ ।
  • विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ ।
  • धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ ।

काठमाडौँ, ११ साउन (रासस): ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । विश्वसम्पदा सूचिमा सूचिकृत हनुमानढोका परिसरमा रहेको सो सम्पदाको शनिबार धलिं (मुख्य दलिन) पूजा सम्पन्न भएको छ । धलिंलाई काष्ठमण्डप संरचनाको एक महत्वपूर्ण अंग मानिन्छ । यो काष्ठमण्डपको धुरीमा रहेको हुन्छ । श्रीखण्ड तरुमुल महाविहार (सिखंमू बहाः) या गुर्जु यज्ञमानपति बज्राचार्यको नेतृत्वमा वज्रयानी परम्पराअनुसार पूजा सम्पन्न भएको हो ।

पूजामा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी प्रदेशसभाका सांसद एवं पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष तेजरत्न ताम्राकार र २० वडाका वडाध्यक्ष राजेन्द्र मानन्धरको सहभागिता रहेको थियो । सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले अबको ध्यान सम्पदा पुनःनिर्माणमा केन्द्रित हुने र निर्माण÷पुनःनिर्माणको काम तीव्रगतिका साथ अघि बढाउने जानकारी दिए ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ९० बढी शीर्षकमा सम्पदाको संरक्षण र पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
सोही अवसरमा काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले पुनःनिर्माणको करिब ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । विसं २०७५ वैशाखबाट पुनःनिर्माणको शुरु भएको हो । अध्यक्ष शाक्यले काम समयसीमाभित्रै सम्पन्न हुने दाबी गरे ।

उनले महोत्तरी, चितवन, पर्सा, सिन्धुपाल्चोकलगायतका ठाउँबाट अग्राखको काठ ल्याएर सातौँ शताब्दीमा प्रयोग भएको प्रविधिबाटै पुनःनिर्माण गरिरहेको जानकारी दिए । “सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो, त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ”, उनले भने “जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको काष्ठमण्डप पुनःनिर्माणका लागि महानगरपालिकाले पहिलो चरणमा रु ५० लाख, दोस्रो र तेस्रो चरणमा रु पाँच–पाँच करोड दिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ । उक्त ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएको छ । निर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको हो ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएका थिए । सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
प्रधानमन्त्री ओलीको ‘एण्टिबडी’ नष्ट गरिदै
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
मतपत्र च्यात्ने माओवादीका दुई कार्यकर्ता धरौटीमा छुटे
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
ब्राज्रिलका चर्चित सेलेब्रिटी ‘डाक्टर बमबम’ पक्राउ
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट बिरामी, काठमाडौं ल्याइयो
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर
बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

तपाईंले छुटाउनुभयो कि?