संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
२० पटक हेरिएको
Shares
संघीय फोरमका कार्यकर्ता चढेको जिप रौतहटमा दुर्घटना, चालकको मृत्यु

सारांश

  • १७ मंसिर, रौतहट ।
  • संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ ।
  • दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

१७ मंसिर, रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको जिप गएराति खोलामा खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राम कुमार दानीले बताए ।

रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा जिप दुर्घटनामा परेको हो ।

घाइते चार जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको छ । दुईजनाको भने जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ ।

भकुवा खोलाको पुलमा ठोक्किएर जिप २० फीट तल नदीमा खसेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?