६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
सारांश
- लण्डन।
- इङल्याण्डमा ६ महिना पहिले भएको भारतीय मूलकी महिलाको हत्याको मामिलामा निकै खतरनाक खुलासा भएको छ ।
- महिलाको हत्या भएको थियो र पतिले केही लुटेराहरुले आफूहरुलाई लुटपाट गरेको र यही क्रममा पत्नीको हत्या गरेको बताएका थिए ।
लण्डन। इङल्याण्डमा ६ महिना पहिले भएको भारतीय मूलकी महिलाको हत्याको मामिलामा निकै खतरनाक खुलासा भएको छ । महिलाको हत्या भएको थियो र पतिले केही लुटेराहरुले आफूहरुलाई लुटपाट गरेको र यही क्रममा पत्नीको हत्या गरेको बताएका थिए । तर अहिले प्रहरीले यस्ता प्रमाण भेट्टाएको छ कि ती प्रमाणको आधारमा प्रहरीले पतिलाई नै पक्राउ गरेको छ । अहिले मुद्दाको सुनुवाइको क्रममा पतिले निकै डरलाग्दो खुलासा गरेका छन् ।
सुनुवाइका क्रममा भएको खुलासा अनुसार ती युवक पुरुष समलिंगी(गे) थिए । उनले यो कुरा आफ्नी पत्नीसँग लुकाएर राखेका थिए । उनले १८ करोडको जीवनबीमाको फाइदा लिने र आफ्ना समलिंगी पार्टनरसँग अस्ट्रेलिया गएर उतै बस्ने योजनासहित पत्नीको हत्या गरेका थिए । यो भारतीय जोडी वेस्ट वर्कशायरको लिन्थोर्पेमा बस्थे र मिडल्सब्रोमा एक फार्मेसी चलाउँथे । यही वर्षको १४ मेमा ३७ वर्षका मितेश पटेलले पुलिसलाई फोन गरेर घरमा लुटपाट भएको र लुटेराहरुले पत्नी जेसिकाको हत्या गरेको खबर गरेका थिए ।
उनीहरुका परिवार र छिमेकीले उनको कुरालाई साँचो मानेका थिए तर मितेश पुलिसको भने शंकाको घेरामा थिए । पुलिसले केही दिनपछि उनलाई पक्राउ गर्यो । त्यसपछि अनुसन्धानको क्रममा उनको कहानी झुटो निस्कियो । अदालतमा सरकारी वकिलले आरोप लगाएका थिए कि मितेशले आफ्नी पत्नीको ब्यागको बेल्टले घाँटी थिचेर हत्या गरेका दिए र यस्तो देखाएका थिए कि घटना अर्कैले गराएको थियो । उनले त्यसपछि इमरजेन्सी नम्बरमा फोन गरेर मद्दत मागेका थिए । उनले भनेका थिए कि उनी घर पुग्दा जेसिक अचेत अवस्थामा थिइन् र उनीमाथि कुनै बाहिरी व्यक्तिले हमला गरेको थियो ।
अदालतमा इमरजेन्सी नम्बरमा गरिएको फोनको रेकर्डिङ पनि सुनाइयो । साथमा पूरै घटनालाई दुई फरक फरक तरिकाले डेमो बनाएर देखाइयो । अदालतमा बताइयो कि ब्यागको बेल्टमा जेसिकाको रगत र थुकको नमूना भेटिएको छ । ब्याग च्यातिएको पनि छ जसले देखाउँछ कि जेसिकाले ब्याग घाँटीबाट हटाउन निकै प्रयास गरेकी थिइन् । अदालतमा सुनुवाइमा अर्को खुलासा पनि भयो कि मितेश गे थिए र सामान्यतया दिनहुँ गे डेटिङ एप प्रयोग गर्थे ।
प्रतिक्रिया