हिजो घटेको चिसो आज एक्कासी किन बढ्यो ? थाहा पाउनुस् कारण

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
हिजो घटेको चिसो आज एक्कासी किन बढ्यो ? थाहा पाउनुस् कारण

सारांश

  • काठमाडौं, ३० पुस ।
  • अस्तिको भन्दा हिजो कम चिसो महसुस गरिएकोमा आज एक्कासी चिसोपन बढेको छ ।
  • आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेतापनि चिसोपनको महसुस भने अधिक भएको छ ।

काठमाडौं, ३० पुस । अस्तिको भन्दा हिजो कम चिसो महसुस गरिएकोमा आज एक्कासी चिसोपन बढेको छ । आजको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेतापनि चिसोपनको महसुस भने अधिक भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गका अनुसार पूर्वबाट जलवाष्प भित्रिएका कारणले पूर्वी र मध्य पहाडी भेगमा बढी चिसो महसुस गरिएको हो । प्रधानाङ्गका अनुसार पूर्वी र मध्य पहाडी भेगमा आंशिक बदली भएको छ । यी दुई भेगमा एक दुई ठाउँमा वर्षा हुनसक्ने देखिए तापनि वर्षाको सम्भावना न्यून रहेको छ ।

पश्चिम भागमा भने आंशिक बदली मात्र भएको छ । पूर्वी र मध्यभागको हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । चार÷पाँच दिनयता न्यूनतम तापक्रम बढेको भएतापनि बदली भएका कारणले मात्रै चिसो महसुस गरिएको हो । यसको प्रभाव आज र भोलिमात्र रहने छ । पर्सीदेखि चिसोपन कम भएको महसुस हुने प्रधानाङ्गले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?