सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १३, २०७४
|
|
१२८ पटक हेरिएको
Shares
सात दिनभित्र काठमाडौंका ५० स्थानमा खानेपानी ट्यांकी

सारांश

  • सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ ।
  • सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ ।
  • मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ ।

सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
खानेपानी ट्यांकी राख्न १० लाख खर्च
खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ । उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ । ‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भने ।
केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भने ।
यसअघि सयभन्दा बढी स्थानमा ट्यांकी राखिए
केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांक पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ । उपभोक्ता समितिकै तजबिजमा उक्त क्षेत्रमा खानेपानीको उपभोग हुँदै आएको छ ।
खानेपानी उत्पादन वृद्धि गर्न मन्त्रीको निर्देशन
खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुक्खायामलाई लक्षित गरेर खानेपानीको उत्पादन बढाउन केयुकेएललाई निर्देशन दिएका छन् । यस्तै, बेल तथा ट्युबबेलको आवधिक मर्मत गर्नसमेत भनिएको छ । खानेपानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भए पनि नागरिकलाई सहुलियत रूपमा खानेपानी उपलब्ध गराउन मन्त्री शाहीको निर्देशनमा भनिएको छ  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
एसिया कपका सबै खेलले एकदिवसीय मान्यता पाउने, साेझाे फाइदा हङ्कङ्लाई !
नेपाल सिधै विश्वकप छनोटमा
नेपाल सिधै विश्वकप छनोटमा
साउन २५ गते शनिबारको राशिफल यस्तो छ
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)
चलचित्र ‘झमक बहादुर’को रिमिक्स भर्सनमा आयो नयाँ गीत (भिडियो)

तपाईंले छुटाउनुभयो कि?