नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नेकपा मिलाउन सडक मार्गबाट गोप्य रुपमा छिरेका तीन चिनियाँ को को

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनको सक्रियता खुलिसकेको छ ।
  • चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचौ छ सदस्यीय टोली लिएर चार दिन नेपाल बस्नुको उद्देश्य यही थियो ।
  • तर, उनी आउनुभन्दा केही दिन अघि नै चिनियाँ टोली नेपाल आइसकेको खुलासा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीलाई एक बनाइराख्न चीनको सक्रियता खुलिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ यचौ छ सदस्यीय टोली लिएर चार दिन नेपाल बस्नुको उद्देश्य यही थियो । तर, उनी आउनुभन्दा केही दिन अघि नै चिनियाँ टोली नेपाल आइसकेको खुलासा भएको छ ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्स तीनजनाको संख्यामा चिनियाँ टोली सडक मार्गबाट नेपाल प्रवेश गरेको खुलासा गरेको हो । कोरोना भाइरसको जोखिमका कारण चीनबाट हवाई उडान बन्द भएकाले उक्तक टोली सडकमार्गबाट उत्तरतर्फबाट प्रवेश गरेको थियो । तिब्बत हुँदै नेपाल प्रवेश गरेको टोलीले गोप्य भेटहरु गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

यचौको टोली आइतबाट चाटर्ड विमानबाट आएर बुधबार फर्किएको थियो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाको एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख कृष्णबहादुर महरालगायतलाई भेटेको थियो । चिनियाँ दूतावासमा जर्नादन शर्मा र डा. राजन भट्टराईलाई डाकेर एकताको सूत्रबारे छलफल गरेको थियो । यसलाई चीनको देखिएको सक्रियताको रुपमा लिइएको छ ।

तर, चीनले पछिल्लो समय छद्म भेषमा सक्रियता बढाउँदै लगेको छ । नेकपा विवाद मिलाउन पनि छद्म टोली सक्रिय भएको थियो । उक्त टोलीमा जेकुन लाई, डोङमे हुआङ र योङलिङ चोङ थिए । उनीहरुले गोप्य रुपमा नेपालका राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेर काम गर्दै आएका थिए । हिन्दुस्तान टाइम्सले उनीहरु गोप्य रुपमा पाछाडिबाट काम गर्दै आएको खुलासा गरेको छ । नेपालका राजनीतिक दल र नेताहरुमाथि प्रभाव बनाउन उनीहरुलाई योजनावद्ध तरिकाले तयार गरेर गोप्य रुपमा सक्रिय बनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
सप्तरीलाई प्रदेश नम्बर २ को ‘म्याङ्गो जोन बनाउने
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य
एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य
Appealing Asian Females Looking For Guys
भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द
भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
न्यायाधीश जोशीको आदेशले सुमार्गीले निकाले २ अर्ब
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन्  गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
जनयुद्धको बेला यतिसम्म गरेका रहेछन् गृहमन्त्री रामबहादुर थापाले, यसरि पाेल खाेले विप्लवले !
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा

तपाईंले छुटाउनुभयो कि?