​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
​यस्ता छन् ‘बिमस्टेक’ सम्मेलनमा जारी ‘काठमाडौं घोषणापत्र’को मुख्य–मुख्य बँदा

सारांश

  • काठमाडौं,१५ भदाै ।
  •  बिहीबार र शुक्रबार काठमाडौंमा आयोजित ‘बिमस्टेक’को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
  • सम्मेलनको दोस्रो दिन शुक्रबार सम्मलेनका एजेण्डामाथि छलफल गरी १८ बुँदे काठमाडौ घोषणापत्र जारी गरिएको हो ।

काठमाडौं,१५ भदाै । बिहीबार र शुक्रबार काठमाडौंमा आयोजित ‘बिमस्टेक’को चौथो शिखर सम्मेलन १८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनको दोस्रो दिन शुक्रबार सम्मलेनका एजेण्डामाथि छलफल गरी १८ बुँदे काठमाडौ घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
****
-बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने ।
-स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
बिमस्टेक विकास कोषको स्थापना गर्ने । कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
-बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।
बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
– अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
– यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
बिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
– अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
– आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने । जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।
– बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने । साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
– कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
– बुद्ध सर्किट बनाउन सहमत । सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
– पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
– भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १५ गते बिहिवारको राशिफल यस्तो छ
माघ १५ गते बिहिवारको राशिफल यस्तो छ
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही समस्यामा
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
कृषिमा हामीले के सुधार गर्न सक्छौं ?
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने
भारतकाे प्रतिष्ठित ‘जी सिने अवार्ड’ नेपालमा, नेपाली क्याटागाेरि पनि थपिने
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
अमेरिकाले अफगानिस्तानबाट आफ्ना ५४ सय सेना फिर्ता लैजाने
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
स्पेनिस सुपर कपको उपाधि रियल म्याड्रिडलाई
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्:  लालबाबु पण्डित
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन्: लालबाबु पण्डित