अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
सारांश
- बेलायतकी इव गिबनीको विवाह भएको १७ वर्ष भइसकेको छ।
- उनको बैवाहिक जीवन निकै रमाइलो र शुखमय बित्दै थियो।
- तर उनका श्रीमानले जब अनौठो व्यवहार गर्न थाले, तब उनी कसरी जासुस बनिन् र उनका श्रीमानले दोस्रो विवाह गरेका रहेछन् भन्ने थाहा पाइन् भन्ने कुरा बीबीसीसँग बताएकी छन्।
बेलायतकी इव गिबनीको विवाह भएको १७ वर्ष भइसकेको छ। उनको बैवाहिक जीवन निकै रमाइलो र शुखमय बित्दै थियो। तर उनका श्रीमानले जब अनौठो व्यवहार गर्न थाले, तब उनी कसरी जासुस बनिन् र उनका श्रीमानले दोस्रो विवाह गरेका रहेछन् भन्ने थाहा पाइन् भन्ने कुरा बीबीसीसँग बताएकी छन्।
म र म्यारिस (श्रीमान) १९९५ मा नाइजेरियाको लागोस शहरमा पहिलो पटक भेटेका थियौं। त्यो शुक्रबारको रात थियो। हामी दुवै एक क्लबमा गएका थियौं। म एक नर्सिङ अफिसरको रुपमा काम गर्न त्यँहा गएकी थिएँ। उहाँ एक निर्माण कम्पनीमा काम गर्नुहुन्थ्यो। हामी स्वीमिङ पुलको एउटा टेवलमा भेटेका थियौं।
विदाको समयमा मैले गलत फोन नम्बर दिएकी थिएँ। त्यसकारण हाम्रो एक हप्तासम्म कुरा हुन पाएन। तर भाग्यले एक पटक हामीलाई फेरि भेट गरायो। त्यसपछि हामी छुट्टिने अवस्थै रहेन। त्यसपछि घटनाक्रम यसरी अघि बढ्यो की तीन महिनाभित्र हाम्रो विवाह भयो। हाम्रो चिनजान पहिला देखि नै भएकाले विवाहको विषयमा निर्णय दिन गाह्रो भएन।
विवाहको दुई वर्षपछि हाम्रो एक छोरा जन्मियो। मेरो पहिला नै अर्को छोरा थियो। उरको परीषा हुँदै थियो। त्यसकारण म उसलाई सहयोग गर्न बेलायत फर्किएँ। हाम्रो सम्बन्ध सफल भएको थियो।
म बेलायत गए पनि दिनभर म्यासेजमा कुरा भइरहन्थ्यो। मेरा साथी भन्थे, जति कुरा हामी गर्छौं, त्यति कुरा त साथ रहेका श्रीमान श्रीमती पनि गर्दैनन्। उहाँ २०११ मा ओमन जानु भयो म भने बेलायत मै बसे। त्यतिबेलादेखि उहाँको व्यवहारमा परिवर्तन आउन थाल्यो।
उहाँले कामको धेरै दबाव भएका कारण आफू चाँडै घर आउन नसक्ने बताउन थाल्नु भयो। त्यसपछि पनि मलाइ कुनै शंका लागेन। तर, हाम्रो सम्बन्ध भने प्रभावित हुन थाल्यो। मलाइ उहाँले आफू डिप्रेशनको सिकार भएको र ओमनमा बस्न समस्या भएको बताउनु भयो।
त्यसपछि मैले के थाहा पाएँ भने उहाँ डिप्रेशनको नाटक गरेर ओमनमा एक्लै बस्न चाहनुहुन्थ्यो र मेरो सहानुभूति उहाँप्रति भइराखोस्।
उहाँले २०१२ मा क्रिसमसमा घर आउने बताउनु भयो। २२ तारिकमा उहाँको फोन आयो र भन्नु भयो, ‘मलाइ विमानस्थलमा लिन नआउनू। म डिप्रेशनको ठूलो सिकार भएको छु। एक एकजना काउन्सलरसँग सल्लाह दिइरहको छु। र उनले मलाइ घर नजाव सुझाव दिएका छन्।’
अन्ततः उहाँ जनवरीमा घर आउनु भयो। तर, डिप्रेशनको विषयमा कुरा गर्न अस्वीकार गर्नु भयो। त्यसपछि हामीबीच धेरै झगडा भयो। त्यसपछि उहाँ सिधै घर छोडेर जानु भयो। त्यसपछि मैले उहाँलाई सिधै अदालतमा देखेँ। उहाँ कारबाट घर फर्किनु भएको थियो र कारबाटै जानु भयो। मलाइ के लागेको थियो भने उहाँ फेरि घर आउनु हुन्छ, तर कहिल्यै आउनु भएन। र उहाँले मेरो फोन पनि उठाउनु भएन।
मलाइ धेरै चिन्ता लागेको थियो। त्यही भएर मैले उहाँको कम्पनीमा फोन गरेँ। जहाँबाट उहाँले कार किन्नु भएको थियो। फोन एक महिलाले उठाइन र भनिन् उहाँले कार फिर्ता गर्नु भयो।
ती महिला भन्दै गइन्, ‘मलाइ सम्झना छ, उहाँले क्रिसमसमा पनि एउटा कार किन्नु भएको थियो। त्यतिबेला उहाँले सबैभन्दा महंगो कार किन्नु भएको थियो।अहिले उहाँले सबैभन्दा सस्तो कार लिनु भएको छ।’
फेरि ती महिलाले भनिन्, ‘म तपाइँको सहयोग गर्न सक्छु। उहाँले आफ्नो ठेगाना मध्यपूर्वमा भएको बताउनु भएको छ।’ फेरि उनले मलाइ उहाँको ठेगाना दिइन् किनभने मैले उनको मानसिक स्वास्थ्यका विषयमा धेरै चिन्ता व्यक्त गरेकी थिएँ।
ती महिलाको सहयोग विना मलाइ उहाँको दोस्रो विवाहको विषयमा जानकारी हुन सक्दैन थियो। मैले ती महिलाले दिएको ठेगानामा नजर राख्न सुरु गरेँ, त्यहाँ फोन गरेँ। तर फोन सम्पर्क हुन सकेन। त्यसको ठाउँमा भ्वाइसमेल गयो।
फेरि मैले केही साथीसँग मिलेर पत्ता लगाएँ की पहिलाको ठेगानमा एक व्यक्ति बस्छन् जो मस्कटमा काम गर्छन्। मलाइ के लाग्यो भने त्यहाँ उहाँको कोही साथी होला र डिप्रेशनका कारण यहाँ आउनु भएको होला। मलाइ के लाग्यो भने उहाँ धेरै डिप्रेशनमा हुनुहुन्छ र उहाँमा अन्य कसैसँग अफेयर गर्ने क्षमता छैन। त्यही भएर मैले त्यतिबेला उहाँमा शंका गरिन्।
अन्तिममा मेरो म्यारिससँग कुरा भयो र भने, ‘यदि उहाँ मेरो परिवारलाई छोडेर मेरा बच्चालाई बुडबाइ नभनी जान सक्नुहुन्छ भने उहालाई मेरो परिवारको हिस्सा भन्ने कुनै हक छैन भनेर मैले सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेँ।’
मैले २०१३ मा फेसबुकमा उनकी बहिनीको एक तस्वीर देखेँ। तस्वीरमा उनकी एक बहिनीले फ्यासिनेटर (विवाहमा लगाउने ह्याट) लगाएकी थिइन्। त्यो तस्वीर देखेर मेरो मनमा शंका पैदा भयो। र त्यो शंका कामय रह्यो।
मैले त्यो तस्वीर देखेपछि आफ्ना साथीलाई कतै म्यारिसले दोस्रो विवाह त गरेनन् भनेर सोधेँ। मेरो कुरा सुनेर मेरा साथीहरु हाँस्थे र भन्थे तिमीले हाँस्ने कुरा गरिरहेकी छौ। त्यसको एक वर्षपछि पनि मलाइ वास्तविकता थाहा हुन सकेन्। केही समयपछि मलाइ के भयो कुन्नी ! मैले पहिला ती महिलाले दिएको नम्बरमा फेरि फोन गरेँ। र यस्तो अभियन गरेँ म त्यो कार कम्पनीबाट बोलिरहेकी छु, जहाँबाट म्यारिसले कार किनेका थिए। फोन एक पुरुषले उठाए। अनि मैले भने, ‘तपाइँ बताउन सक्नुहुन्छ, तपाइँको म्यारिससँग के सम्बन्ध छ?’
म उनको सालो हुँ, उताबाट जवाफ आयो। मैले फोन राखेँ। केही समयपछि फेरि फोन गरेँ। फोन एक महिलाले उठाइनन्। यो पटक मैले आफ्नो सही परिचय दिएँ र भने, ‘मैले बुझ्न सकिन ती व्यक्तिले किन आफूलाई म्यारिसको सालो भने।’
किनभने उनको विवाह मेरी बहिनीसँग भनेको छ, ती महिलाले जवाफ दिइन्। मलाइ अझैपनि सम्झना छ, उनको जवाफ सुनेपछि म जोडसँग काम्न थालेँ। मैले फोन समाएको हातलाई अर्को हातले पनि समाए ताकी फोन नअल्लियोस्।
मैले आफूलाई नियन्त्रण गरेर सोधेँ, ‘के उनी त्यही म्यारिस हुन् जो लिभरपुलका हुन्? र मैले उनको सबै ठेगाना बताएँ।’ उताबाट जवाफ आयो, हो तीनै म्यारिस हुन्। तपाइँ को हो?
मैले भने, ‘म उहाँकी श्रीमती हो।’ त्यसपछि दुवैतर्फ एकदम सन्नाटा छायो। जे कुरा भयो ती कुरामा मलाइ विश्वास लागिरहेको थिएन्। मसँग विवाह गरेर फेरि अर्कैसँग कसरी विवाह गर्न सक्छन्? तर मलाइ एक महिला र एक आमाका रुपमा अगाडि बढ्नु थियो। त्यो बेला म्यारिसको अर्कोसँगको सम्बन्धका विषयमा मलाइ केही जानकारी थिएन। मलाइ त यो पनि थाहा थिएन की उहाँले दोस्रो विवाह कहिले गर्नु भयो। मैले यो सबै कुरा मेरा वकिललाई बताएँ। म्यारिसले आफ्ना परिवारलाई मसँग सम्बन्ध विच्छेद गरिसकेको बताएका रहेछन्। केही दिनपछि मलाइ अचानक के लाग्यो भने मलाइ यो विषयमा अरु धेरै कुरा जान्नुछ।
मैले फेसबुकमा ती महिलालाई खोजे र हेरेँ उनले म्यारिससँगको प्रोफाइल पिक्चर राखेकी थिइन्। तस्वीरमा उनले विवाहको कपडा लगाएकी थिइन् र मेरा श्रीमानलाई चुम्बन गरिहेकी थिइन् म्यारिसले २०१३ विवाह गरेका रहेछन्।
त्यतिबेला मैले के अनुभव गरेँ भन्ने कुरा अहिले शब्दमा बताउन सक्दिन। मैले न्यायाधीश र प्रहरीलाई यो विषयमा जानकारी दिएँ। जाँचपछि के थाहा भयो भने उनले ‘बाइग्यामी’ (एउटा विवाह कायम रहेकै अवस्थामा अर्को विवाह गर्नु) गरेका रहेछन्। उनलाई ६ महिना जेल सजाय भयो र दुई वर्षकालागि निलम्बन गरियो। उनकी दोस्रो श्रीमतीमाथि पनि धोका भएको थियो। म्यारिसले ती महिलालाई भेट्दा आफूले पहिला नै सम्बन्ध विच्छेद गरिसकेको बताएका रहेछन्।
फेरि मैले ती महिलालाई आफ्नो सबै कागजपत्र साथमा राखेर पत्र पठाए। मैले पत्रमा लेखेकी थिएँ, ‘मलाइ खेद छ, की तिम्रो यस्तो विवाह भएछ। मलाइ थाहा छ, तिमीलाई यो पत्र पढ्न यति नै मुश्लिक हुनेछ, जति मलाइ लेख्दा भयो।’ म्यारिसले आफ्नो परिवारलाई यसरी किन बर्बाद पारे। हाम्रो छोराले विगत ६ वर्षदेखि आफ्नो बुवालाई देखेको छैन्।
मलाइ थाहा छैन उनले यो कुरा सिधै किन भनेनन् की मसँग सम्बन्ध विच्छेद गर्छु? किन उनी बर्बादीको बाटोमा गए। म यो कुरा कहिल्यै जान्न सक्दिन्।
अन्तिममा अदालतले उनीमाथि विश्वासघात गरेको ५६वटा विषय सावित गरिदियो। म्यारिसले मलाइ कहिल्यै पनि पूरा मुआब्जा दिएनन्। उनले आफ्नो तलवका विषयमा पनि झुट बोले। आफ्नो बैंक खाताका विषयमा पनि झुट बोले। उनले बारम्बार झुट बोले।अनि म फेरि अदालत गएँ। यो सबै झेल्दा म ऋणमा डुबेँ। म एक नर्स हुँ। मसँग यतिधेरै पैसापनि छैन। अदालतले म्यारिसलाई मलाइ पैसा दिन भन्यो। तर उनले मलाइ कहिल्यै पनि पैसा दिएनन्।
अहिले उनी मेरो जीवनमा छैनन्। म्यारिस ती व्यक्ति हुन् जसलाई मैले र मेरो बच्चाले सधैं माया दियौं तर उनले सधैं धोका मात्र दिए। म उनलाई घृणा गर्न चाहन्न। अब म यस्तो व्यक्तिको खोजिमा छु जसले मलाइ र मेरो बच्चालाई बुझ्न सकोस र मलाइ सधैं खुशी राख्न सकोस्।
(बीबीसी)
प्रतिक्रिया