केपी ओलीलाई पत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
३९ पटक हेरिएको
Shares
केपी ओलीलाई पत्र

सारांश

  • श्री खड्ग बाबु, आज तपाईंलाई एउटा सानो कथा सुनाउन मन लाग्यो ।
  • धेरै पहिले एउटी गृहस्थ नारीले झक्कडसिं नाम गरेका आफ्ना पतिलाई तेल किनेर ल्याउन अराइछिन् ।
  • उनले ५ रुपैयाँका साथमा तेल ल्याउन एउटा कचौरी पनि दिइछिन् ।

श्री खड्ग बाबु,
आज तपाईंलाई एउटा सानो कथा सुनाउन मन लाग्यो । धेरै पहिले एउटी गृहस्थ नारीले झक्कडसिं नाम गरेका आफ्ना पतिलाई तेल किनेर ल्याउन अराइछिन् । उनले ५ रुपैयाँका साथमा तेल ल्याउन एउटा कचौरी पनि दिइछिन् ।

झक्कड पैसा र कचौरी लिएर तेल किन्न बजार गए । उनले पसलेसित ५ रुपैयाँको तेल मागे, तर कचौरीमा सबै तेल अटेन ।

बाँकी केमा राख्ने त भन्दा उनले कचौरीको बैठक खाली देखे । त्यसपछि तेल भरिएको कचौरी उल्ट्याएर उनले त्यसको बैठकमा बाँकी तेल थापे । उनको यो कार्य देख्दा साहु मुसुमुसु हाँसिरहे मात्र, केही भनेनन् ।

घर पुगेपछि उनले श्रीमतीलाई तेल दिए । उनकी पत्नीले ५ रुपैयाँको तेल यत्ति हो त भनेर सोधिछिन् ।

लाटी उतापट्टि हेर् न भन्दै उनले कचौरी उल्ट्याउँदा आखिरमा कचौरीको बाँकी तेल पनि पोखियो । त्यस्तै तपाईंले पनि ४० प्रतिशत स्थान अर्कालाई दिनुभयो ।

सयमा ४० त तपाईंले पहिल्यै हारिसक्नुभयो । बाँकी साठीमा पनि के सबैले तपाईंलाई नै दिन्छन् त ? अरूले पनि अलिअलि त पक्कै लैजालान् । अनि तपाईंको दुईतिहाइ बहुमत कसरी पुग्छ ? के आकाशबाट खस्ला त ?

देवेन्द्र खनियाँ, पासिकोट, काठमाडौं

सबैले विरोध गरौँ

१४ मंसिरको नयाँ पत्रिकामा ‘उत्तर कोरियाली नयाँ क्षेप्यास्त्रको क्षमता’ शीर्षकको बिबिसीको टिप्पणी पढेँ । जब स्यालको मृत्यु आउँछ, तब त्यो सहरतिर पस्ने गर्छ भनिन्छ । उत्तर कोरियाले पनि अमेरिकातिर निसाना साँधेर त्यही स्यालको कथालाई चरितार्थ गर्न खोजेको छ ।

आफ्ना जनताको जीवनस्तर उकास्नुको सट्टा उसले क्षेप्यास्त्रको खेती गर्दै छ । यस्तो कार्यले उसलाई त फाइदा गर्दैन नै, साथसाथै विश्वशान्तिमै पनि गम्भीर खलल पार्ने देखिन्छ । त्यसैले उत्तर कोरियाको यस्तो हर्कतविरुद्ध हामीले पनि आवाज उठाउनुपर्छ ।

-डा. शिवशंकर यादव, छपकैया, वीरगन्ज
yadavshivshankar372@gmail.com

सभ्य भई प्रचार गरौँ

हिजोआज एमाले अध्यक्ष केपी ओलीका भाषण सुन्दा लाग्छ, उनले राजनीतिमा संसारै जितेर आएका छन् । निर्वाचनका लागि भएको वाम एकताबाटै यसरी उम्लिएका ओली निर्वाचनपछि पार्टी एकता नै भयो भने कति उम्लेलान् ?

प्रधानमन्त्री हुँदा पनि उखानटुक्कामै चलेका उनी आफ्नो भाषणमा मर्यादित भाषा कमै प्रयोग गर्छन् । झन् यतिखेर उनलाई कहाँ के बोल्नुहुन्छ र कहाँ के बोल्नु हुँदैन भन्ने चासोसमेत हुन छाडेको देखिन्छ । देशका प्रधानमन्त्री भइसकेका र एउटा जिम्मेवार पार्टीका अध्यक्षले यसरी हलुका भई भाषण गरेर आफ्नै उचाइ घटाउनु हुँदैन ।

पाएका वेला अरूलाई नांगेझार पार्ने उनको शैलीले भोलि आफैँलाई फाइदा पुर्‍याउला कि नपुर्‍याउला, त्यसको ख्याल गरेको पाइँदैन । अरूतर्फ एक औँला उठाउँदा आफूतिर तीन औँला फर्केका हुन्छन् भन्ने सबैले अरूमाथि औँला ठड्याउनुअघि विचार पुर्‍याउनुपर्छ ।

उनले जसरी नै अरू नेताले पनि जथाभावी भन्न थाले भने त्यसको प्रभाव कस्तो पर्ला ? ओली यतिखेर आफूलाई राष्ट्रवादी देखाउन विभिन्न हतकण्डा अपनाउन लागिपरेका छन् ।

यसले भोलि उनैलाई घाटा पुर्‍याउनेमा द्विविधा छैन । त्यसैले एमाले अध्यक्ष ओली र अन्य आक्रामक शैलीमा अरूलाई गाली गर्दै आफ्नो प्रचारप्रसारमा लागेका नेताले अलिक शालीन भई निर्वाचन प्रचारप्रसार गर्नुपर्ने देखिन्छ ।

– सुजन देवकोटा, पालुङटार–४, गोरखा 
sddevkota778@gmail.com

नयाँपत्रीका बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
जनयुद्धका महत्वपूर्ण एजेण्डा पूरा भएका छन् – कृष्णबहादुर महरा
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
बञ्चरो प्रहार गरी सौताको हत्या
बञ्चरो प्रहार गरी सौताको हत्या
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
ओली उपेन्द्रका बोलचाल बन्द, सरकार छाड्ने समाजवादीको चेतावनी
The Untold Story of Sunny Leone trailer shows her journey from girl-next-door to a Bollywood star!
The Untold Story of Sunny Leone trailer shows her journey from girl-next-door to a Bollywood star!
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
राजेशपायल र मेलिनाको स्वरमा यस्तो बन्यो प्रहरी प्रवक्ताको ‘दसैं रमाइलो’ (भिडियो)
आगलागी हुँदा रु ४८ लाखको क्षति
आगलागी हुँदा रु ४८ लाखको क्षति