आज एकैदिन कोरोनाबाट ८३ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ फागुन ।
  • कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, १३ फागुन । कोरोना संक्रमणबाट आज थप ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २७६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १ सय १२ थपिएका छन् । आज ८४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७३ हजार ७ सय ७२ संक्रमित भएपनि २ लाख ७० हजार २ सय २३ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ८ सय ८२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २१ लाख ५३ हजार ६ सय ३६ जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६३ रहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?