नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २६, २०७६
|
|
३१ पटक हेरिएको
Shares
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ

सारांश

  • जसरी अजेयराज सुमार्गीको सम्पत्तिको स्रोत देखिँदैन, ठीक उही ढंगले दिन दुई गुणा रात चौगुणा व्यापारको साम्राज्य बिस्तार गर्दैछन् एक व्यक्ति ।
  • भाइ नक्कली सामान कारोवारी, दाइको कांग्रेसका प्रभावशाली नेतासँग उठबस ।
  • यस्तो कनेक्सन भएपछि अनुज र अनिल रुंगटाको दादागिरीको सीमा छैन ।

जसरी अजेयराज सुमार्गीको सम्पत्तिको स्रोत देखिँदैन, ठीक उही ढंगले दिन दुई गुणा रात चौगुणा व्यापारको साम्राज्य बिस्तार गर्दैछन् एक व्यक्ति । भाइ नक्कली सामान कारोवारी, दाइको कांग्रेसका प्रभावशाली नेतासँग उठबस । यस्तो कनेक्सन भएपछि अनुज र अनिल रुंगटाको दादागिरीको सीमा छैन ।

नक्कली सामान बेचेर व्यापारिक साम्राज्य खडा गर्न सफल यी दाजुभाइको लगानी काठमाडौंदेखि वीरगञ्ज र विराटनगरसम्म फैलिएको छ । काठमाडौंमा जगदम्बा इन्टरप्राइजेज, वीरगञ्जमा होटल दियालो, दियालो लर्डस प्लाजा । शिक्षाका व्यापारी उमेश श्रेष्ठ, विनोद चौधरीझैं पार्टी सभापति शेरबहादुर देउवालाई भेटी चढाएर अनिल दोस्रो संविधानसभामा समानुपातिक सभासद् बने । तर, जनाधार थिएन । गत आम निर्वाचनमा पर्सा २ बाट उम्मेदवार त बने, तर सडकमै पुग्नेगरी पछारिए । निर्वाचनमा पत्तासाफ भएपछि तिल्मिलाएका उनैले गत महिना मात्र देउवालाई प्रमुख अतिथि बनाएर वीरगञ्जमा दियालो होटल उद्घाटन गराए ।

बाहिर होटल चलाए पनि उनीहरुको असली धन्दा चाहिँ स्टिल, फलामे रड, छडलगायतका सामान चोर्दै बेच्ने हो । यही अभियोगमा अनिलका भाइ अनुज पटक–पटक प्रहरीको फन्दामा पर्दै आएका छन् । यी दाजुभाइले धेरै ठाउँमा अवैध लगानी गर्दै आएको उनीहरुलाई नजिकबाट चिन्ने र जान्नेहरु सुनाउँछन् । र, चलाखी कस्तोसम्म भने लगानी कहिल्यै १० लाखमाथि नगर्ने । कारण दश लाखभन्दा माथिको लगानी गर्दा एसी पेई (एकाउन्ट पेइ) भुक्तानी गर्नुपर्छ । इच्छाबहादुर तमाङ र उनको सिभिल ग्रुपले झैं सधैं ९ लाखभन्दा कम लगानी गर्दै गरेको भेटिन्छ । उनीहरुले लगानीको स्रोतसमेत देखाउन नसकेको स्रोतको भनाइ छ । जनआस्थाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेट्रोलको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या
मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलालाई पाठेघरको समस्या
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
खोटाङबाट रु ३६ करोड बढीको सुन्तला निर्यात
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान
प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
मुलुकमा कम्युनिष्ट अधिनायकवादी व्यवस्थाको खतरा बढ्यो : नेता निधि
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
पूर्वराजदूत झाको हत्या प्रकरण : टाउकोमा तीन, घाँटीमा दुई चोट, २ जना नियन्त्रणमा
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी
सुशासन र शान्ति सुरक्षा पहिलो प्राथमिकता – मन्त्री केसी
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ
धरौटीमा छुटेका तुलाधर ललिता निवास प्रकरणमा पुनः पक्राउ

तपाईंले छुटाउनुभयो कि?