बिहीबार यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २०, २०८१
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारपछि हत्यामा बाँचेसम्म कैद
यसकारण लाग्यो नवराज सिलवालविरुद्ध राज्यशक्ति !
यसकारण लाग्यो नवराज सिलवालविरुद्ध राज्यशक्ति !
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल
दर्जनौँ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागको अपिल
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
सबैलाई छक्क पार्दै ४७ मतले विजयी भए छक्कबहादुर
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
संसदीय समिति सदस्यका लागि भोलिसम्म सांसदको नाम दिन सभामुखको आग्रह
Breakfast at Tiffany’s: New York jewellery store opens cafe
Breakfast at Tiffany’s: New York jewellery store opens cafe
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह
पेट्रोलियम पदार्थको सहज उपलब्धता : अनावश्यक हल्लाको पछि नलाग्न आग्रह

तपाईंले छुटाउनुभयो कि?