नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह

सारांश

  • नेपालगन्ज, १४ चैत,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।
  • ” नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भन्नुभयो ।

नेपालगन्ज, १४ चैत,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो ।”

नेता सिंहले नेपाली काँग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प छैन, टालटुले कुरा र व्यवहारका कारणले नै पार्टीले निर्वाचनमा नराम्रो पराजय भोग्नु परेको हो भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले काँग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ, यसका लागि नयाँ नेतृत्वसहित संरचनागत अवस्थामा सुधार गर्नुपर्छ भन्नुभयो ।

अर्को एक प्रश्नको जवाफमा नेता सिंहले भन्नुभयो –“अहिलेको सरकारको गतिविधि हेर्दा जनवादको पूर्व अभ्यास गरे जस्तो देखिन्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?