भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
भेनेजुएला विवाद पार्टीभित्र छैन : महासचिव पौडेल

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।
  • पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको र प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् ।

पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गर्नुभएको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको र प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताए ।

महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना तीव्रताका साथ अगाडि बढाइने स्पष्ट पारे । केही हप्ताभित्र बुटवल नारायणगढ सडक विस्तारको काम पनि शुरु हुने जानकारी दिँदै सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि डिपिआर निर्माणको काम अगाडि बढिरहेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई
स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई नेपाल आउन कडाई
सबै प्रदेशका एक-दुई स्थानमा आज भारी वर्षाको सम्भावना
कागेश्वरीमा भक्तजनको भीड
कागेश्वरीमा भक्तजनको भीड
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, देशभरका शिव मन्दिरमा भक्तजनको भीड