नेपालकाे खराब प्रदर्शन, अभ्यास खेलमा १९ रनले पराजित
सारांश
- काठमाडौ, ८ साउन ।
- यूरोप भम्रण रहेको नेपाल दोस्रो अभ्यास खेलमा सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबसँग १९ रनले पराजित भएको छ।
- साेमबार राति भएकाे खेलमा सेन्टक्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० अोभरमा ८ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सकेको हो ।
काठमाडौ, ८ साउन । यूरोप भम्रण रहेको नेपाल दोस्रो अभ्यास खेलमा सेन्ट क्रस साइमोन्डियन्स क्रिकेट क्लबसँग १९ रनले पराजित भएको छ।
साेमबार राति भएकाे खेलमा सेन्टक्रसले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० अोभरमा ८ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सकेको हो ।
कप्तान पारस खड्काले आराम गर्दा टोलिको नेतृत्व उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका थिए । नेपालका लागी अनिलकुमार शाहले ५६ र आरिफ शेखले ३४ रन बनाउनु बाहेक अरुले सम्झन लाएक पारी खेलेनन् । अनिल र आरिफले क्रमश ४८ र २४ बलको सामना गरेका थिए ।
टस जितेर फर्स्ट ब्याटिङ गरेको सेन्ट क्रस जिमि एडम्सको ७२(४८), फिलिक्स ओर्गनको ३९(२९) रनको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनायको थियो । नेपाली बलर वसन्त रेग्मी र सोमपाल कामिले २/२ विकेट र सन्दिप लामिछानेले १ विकेट लियेका थिय ।
फेरि पनि चलेनन् अनुभवी खेलाडी
ज्ञानेन्द्र मल्ल, सरद भेषावकर र सुवाष खकुरेल फेरि पनि असफल भएका छन् । कप्तान ज्ञानेन्द्र मल्लले १२ बल खेल्दै १८ रन बनाए भने सुवाषले १०(१०) रन मात्र बनाउन सके । अर्का अनुभवी खेलाडी सरद पनि ३ बल खेलेर खातै नखोली पबेलियन फर्के ।
जुलाई २९ मा लर्डसमा हुने नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब(एमसीसी)सँगको त्रिकोणात्मक टी-२० र नेदरल्याण्डस विरुद्धको एेतिहासिक एक दिवसीय श्रृखंलाको तयारीका लागि नेपाली टोलीले लन्डनमा हाल अभ्यास खेल खेलिरहेको छ। पहिलो अभ्यासमा नेपालले हाम्पसायर हग्सलाई २४३ रनले हराएको थियो भने बाकि दुई अभ्यास खेल २५ र २६ जुलाईमा हुनेछ ।
प्रतिक्रिया