कुटुङसाङमा व्यवस्थित घरबास बन्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने

सारांश

  • त्रिशूली, नुवाकोट, १३ फागुन, दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीलाई घरबास सञ्चालनका लागि तालीम दिइएको छ ।
  • दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई १५ दिने घरवास सञ्चालनको तालीम दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।
  • पर्यटकीय गन्तव्य लाङटाङ तथा गोसाइँकुण्ड जाने पदमार्गमा रहेको कुटुङसाङमा पर्यटन प्रबद्र्धनका लागि अक्सफामको सहकार्यमा कार्डसनले सञ्चालन गरेको तालीमले स्थानीवासीयलाई घरबास राख्न प्रेरित गर्ने बताइएको छ ।

त्रिशूली, नुवाकोट, १३ फागुन, दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीलाई घरबास सञ्चालनका लागि तालीम दिइएको छ ।

दुप्चेश्वर गाउँपालिका–२ गाउँखर्क, कुटुङसाङका २० जनालाई १५ दिने घरवास सञ्चालनको तालीम दिइएको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्य लाङटाङ तथा गोसाइँकुण्ड जाने पदमार्गमा रहेको कुटुङसाङमा पर्यटन प्रबद्र्धनका लागि अक्सफामको सहकार्यमा कार्डसनले सञ्चालन गरेको तालीमले स्थानीवासीयलाई घरबास राख्न प्रेरित गर्ने बताइएको छ ।
तालीमप्राप्त स्थानीयवासीलाई घरबास सञ्चालनका लागि गाउँपालिकाका तर्फबाट सहयोग गरिने अध्यक्ष तामाङले बताउनुभयो । “गाउँपालिकालाई नमूना पर्यटकीय केन्द्र बनाइने छ । होमस्टेको प्रबद्र्धन गरिने योजना रहेको छ”, अध्यक्ष तामाङले भन्नुभयो, “गाउँपालिकाभित्र रहेका प्राकृतिक, धार्मिक सम्पदालाई पर्यटकीय केन्द्र बनाउनेछौँं । यसबाट स्थानीयवासीको आयआर्जनमा समेत वृद्धि हुनेछ ।”

सहभागीलाई घरबासबारे जानकारी दिन आउनुभएका तारागाउँ विकास समितिका घनश्याम ढकालले गोसाइँकुण्ड तथा लाङटाङ पदमार्गमा पर्ने भएकाले दुश्चेश्वर गाउँपालिकाले कुटुङसाङ क्षेत्रमा एक रात भए पनि पर्यटकलाई राख्न सक्ने वातावरण बनाएर स्थानीयवासीको राम्रो आयआर्जन गराउने बताउनुभयो । कुटुङसाङ क्षेत्र हुँदै ओहोरदोहोर गर्ने पर्यटकलाई लक्ष्य गरी हाल सञ्चालन भइरहेको घरबासलाई तालीमपछि अझै व्यवस्थित रुपमा सञ्चालन गरिने स्थानीयवासी होटेल व्यवसायी दावा तामाङले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?